सागर भण्डारी,गुल्मी । गुल्मीमा हालसम्म कोरोना भाइरस संक्रमतिको संख्या ३ सय ८७ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार आजसम्म जिल्लामा ३ सय २४ पुरुष र ६३ जना महिलामा गरी कोरोना संक्रमितको संख्या ३ सय ८७ रहेको छ । संक्रमितमध्ये ३ सय ६६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । जसमा ३०७ जना पुरुष र ५९ जना महिला रहेको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभएको छ । कोरोना भाइरस संक्रमणबाट यस जिल्लामा ३ जनाको ज्यान गएको छ ।
अहिले जिल्लामा ९८ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये पुरुष ० जना र महिला १ जना क्वारेन्टीनमा रहेका सुचना अधिकारी आर्चायले जानकारी दिनुभयो । महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा गरी क्वारेन्टाइनको बेड क्षमता १२ सय ९६ रहेको छ । जिल्लामा अहिले १८ जना आइसोलेशनमा रहेका छन् । आइसोलेशनमा रहेका मध्ये १५ जना पुरुष र ३ जना महिला रहेका छन् ।
यस जिल्लामा अहिलेसम्म ८ हजार २ सय ४ जनाको आरडीटी परिक्षण गरिएको छ । भने अहिलेम्मि ३ हजार ४ सय २७ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन् गरिएको छ । जसमा २ सय १० जनाको परिक्षण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा जिल्ला बाहिरबाट स्वाव सकंलन गरी गरिएको पीसीआर परिक्षणमा सक्रंमित हुनेको संख्या १५ रहेको छ । जसमध्ये मुसिकोट, चन्द्रकोट धुर्कोट र मालिकाका १÷१ जना रुरुक्षेत्रका ३ जना मदानेका ३,गुल्मीदरबारका ३, छत्रकोटका २ जना रहेका छन् ।