बाग्लुङको बडिगाड गाउँपालिकाका दुई जना कोरोना संक्रमित वडा अध्यक्षको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुलाई डिस्चार्ज गरिने बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले जानकारी दिनुभयो । वडा नम्बर ६ का वडा अध्यक्ष मौसम काजी क्षेत्रीको दोस्रो र वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङको पहिलो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुन लागेको उहाँको भनाई छ ।
वडा नम्बर ६ का अध्यक्ष क्षेत्री १७ दिन र वडा नम्बर ७ का अध्यक्ष गुरुङ १२ दिन आइशोलेसनको बसाईपछि डिस्चार्ज हुँदै छन् । यसैबीच गाउँपालिकाका ४३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । वडा नं ६ का वडाध्यक्षलाई कोरोना सक्रंमण भएसगैं गाउँपालिकाले कन्ट्याक टे्रसिङमा परेका ४३ जनाको स्वाव सकंलन गरी परिक्षणका लागि पोखरा पठाएको थियो । आज आएको पीसीआर रिपोर्टको नतिजा अनुसार सबैको रिपोर्ट नगेटिभ आएको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभयो । कन्ट्याक टे्रसिङमा परेका अझै ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।