बागलुङ : ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङमा रहेको बुर्तिकाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति शल्यक्रिया पुनः संचालनमा आएको छ ।
केही समय अगाडीसम्म प्रसुति शल्यक्रिया हुँदै आएकोमा डाक्टरको अभावमा रोकिएको थियो । स्वास्थ्य केन्द्रमा डा. अनिल केसी आएपछि पुनः प्रसुति शल्यक्रया सेवा सुरु भएको हो । डाक्टर केसी आएपछि सोमबार पहिलो शल्यक्रिया सफल भएको छ । डाक्टर केसी आएपछि निसीखोला गाउँपालिका वडा नम्बर ४ की एक महिलाको सफल अप्रेशनबाट सेवा सूचारु भएको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले जानाकारी दिए ।
चालु आर्थिक वर्षको पहिलो प्रसुति शल्यक्रिया भएको डाक्टर मल्लाको भनाई छ । उनले निसीखोला गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीय महिला गर्भवती भएको र उनको गर्भाअवस्थामा गर्भे पानी कम भई बच्चलाई असर हुने अवस्थाकी पुगेकी महिलाको शल्यक्रिया मार्फत बच्चा जन्माएको बताए ।
हाल संचालनमा रहेको यो सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा नेपालमै पहिलो भएको डा. मल्लले बताए । यो सेवा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २०७१ सालदेखि निरन्तर सूचारु भएको थियोे । समय–समयमा चिकित्सक अभावका कारण सेवा निरन्तर सञ्चालन हुन सकेको थिए ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने यो सेवाबाट पश्चिम बागलुङका पालिकाहरुसँगै रोल्पा, रुकुम र गुल्मीका नागरिकहरु पनि प्रत्यक्ष लाभाम्वित हुने अपेक्षा लिइएको छ ।