सत्यवती गाउपालिकामा एक हप्ताको लागी निषेधाज्ञा !

सत्यवती गाउपालिकामा एक हप्ताको लागी निषेधाज्ञा !

Badigad Online
2 Min Read

अविरल विष्णु गुल्मी । सत्यवती गाउपालिकाले पालिका भित्र बुधवार देखि लागु हुनेगरी १ हप्ताको लागि निषेधाज्ञा जारी गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस पछिल्लो समय समुदाय स्तरमा फैलिन थालेपछि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

छिमेकी चन्द्रकोट गाउपालिकामा समुदायस्तरमै कोरोना फैलिएकाले त्यसको प्रभावलाई मध्यनजर गरेर सत्यवती गाउपालिका पनि उच्च जोखिममा रहेको भन्दै गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । मगंलबार सम्पन्न गाउँपालिकाको बैठकले बुधवार बिहान ६ः०० बजे देखी लागु हुने गरी २४ गते बिहान ६ः०० सम्मी १ हप्ताको निषेधाज्ञा जारी गरेको उहाँको भनाई छ ।

गाउपालिकामा कोरोना भाइरस फैलले सम्भावना उच्च भएकाले यस्तो कदम चालिएको प्रमुख प्रशाशकीय अधिकृत यादव भण्डारीले जानकारी दिनुभयो । अत्यावश्यक र स्वास्थ्यक्षेत्रका केहि सेवाहरु खुलेता पनि पसल व्यवसाय र अन्य सम्पुणर् सेवा बन्द गर्ने निणर्य गरिएको उहाँको भनाई छ । गाउपालिकाको कार्यालय र सम्पूणर् वार्ड कार्यालयमा समेत अत्यावश्यक सेवा बाहेकका सबै नियमित सेवा बन्द गर्ने, पालिका भित्रका सम्पुणर् स्वास्थ्य सस्था बाट इमर्जेन्सी सेवा र प्रसुती सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने निणर्य भएको उहाँले बताउनुभयो ।

त्यस्तै सबै बैंक ,बित्तीय सस्थाहरुबाट प्रदान गरिने आन्तरिक काम बाहेक दैनिक सेवा सुबिधा बन्द गर्ने, पालिका भित्रको क्षेत्रलाइ ट्रान्जिट बनाएर यात्रा गर्ने अन्य सवारी साधनले सञ्चालन गर्न दिएपनि आन्तरिक रुपमा चल्ने सवारी साधनलाई समेत सञ्चालन गर्न निषेध गर्ने अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित