पहिरो पीडितलाई सूर्योदय लघुवित्त वित्तीय संस्थाले आर्थिक सहयोग गर्यो !

पहिरो पीडितलाई सूर्योदय लघुवित्त वित्तीय संस्थाले आर्थिक सहयोग गर्यो !

Badigad Online
1 Min Read

गुल्मी । सूर्योदय लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय तम्घास गुल्मीले जिल्लाका विभिन्न ठाउका वाढी पहिरो पडित सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

प्राकृतिक विपत्तिका कारण समस्या परेका र घरबासनै गुमाउन पुगेका आफ्ना सदस्यहरुलाई सहयोग गर्ने उद्देश्ययले स्थापित संस्थाले जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोले प्रभावित बनेकाहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

अविरल वर्षा संगै गएको वाढी पहिरोको कारण घर गोठमा पुगेको क्षतिको विवरण सकंलन गरी इस्मा गाउपालिका १ जुकेपानीमा रहेका सदस्यहरु माया जोगी कुवर, वसन्ती घर्ति, खिम कुमारी घर्ति त्यस्तै इस्मा गाउपालिकाकै वाड नं.१ तोरीखर्कको सदस्य तुल्सी दमाई, इस्मा गाउपालिका ४ भुलापोखराका सदस्य श्री कालिका घर्ति र हिमा घर्ति त्यस्तै गरी रेसुङगा नगरपालिका २ का सदस्य ईश्वरा पौडेललाई जनही पाँच हजार रुपैयाका दरले झण्डै ३५००० रुपैँया सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थाले यस भन्दा पहिला पनि वाढी पहिरो पिडित २ जनालाई प्रतिव्यक्ति ५००० हजारका दरले सहयोग रकम उपलव्ध गराईको छ भने बाकी रहेका वाढी पिडित सदस्यलाई आगामी दिनमा सहयोग उपलव्ध गराईने बताएको छ । कार्यक्रममा वोल्दै शाखा कार्यालय प्रमुख गोविन्द खड्काले प्राकृतिक विपत्तिका कारण समस्या परेकाहरुलाई थोरै भएपनि सहयोग होस भनेर सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित