सागर भण्डारी गुल्मी । गुल्मीमा समुदायस्तरमै कोरोना सक्रंमण फैलिन थालेको छ । अहिलेसम्म जिल्लामा समुदायस्तरमा ८ जनामा सक्रंमण देखिएको छ । सोमबार चन्द्रकोट गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियोे । जसमध्ये समुदायस्तरबाट जनप्रतिनिधी र बैकका कर्मचारीमा सक्रंमण पुष्टी भएको हो ।
त्यस्तै मुसिकोट नगरपालिकामा पनि केही दिन अगाडी समुदायस्तरमा १ स्वास्थ्यकर्मीमा कोरोना सक्रंमण पुष्टी भएको थियो । चन्द्रकोट गाउँपालिकाले सक्रंमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक टे्रसिङको लागि विवरण सकंलन गर्ने कार्य भैरहेको जनाएको छ । आज सक्रंमितहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको विवरण सकंलन गर्नुका साथै जिल्ला स्वास्थ्य कार्यालयबाट भिटिएम किट पनि लगिएकाले भोलिबाट स्वाव सकंलनको काम हुने गाउँपालिका अध्यक्ष दोणर् खत्रीले बताउनुभयो ।
मुसिकोट नगरपालिकाले भने स्वास्थ्यकर्मीको सम्पर्कमा आएका ६० जनाको स्वाव सकंलन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाएको छ । उनीहरुको नतिजा एक हत्ता भित्र आउने र त्यसपश्चात नगरपालिकामा समुदायस्तरमा कत्तिको सक्रंमण फैलिएको छ भन्ने थाहा हुने नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । यसैबीच गुल्मीमा हालसम्म कोरोना भाइरस संक्रमतिको संख्या ४ सय पुगेको छ ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार आजसम्म जिल्लामा ३ सय ३२ पुरुष र ६८ जना महिलामा गरी कोरोना संक्रमितको संख्या ४ सय रहेको छ । संक्रमितमध्ये ३ सय ६७ जना कोरोनालाई जितेर घर फर्किएका छन् । जसमा ३ सय ८ जना पुरुष र ५९ जना महिला रहेको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभएको छ । कोरोना भाइरस संक्रमणबाट जिल्लामा ३ जनाको ज्यान गएको छ ।
अहिले जिल्लामा ९० जना मात्र क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये पुरुष ६५ जना र महिला २५ जना क्वारेन्टीनमा रहेका सुचना अधिकारी आर्चायले जानकारी दिनुभयो । महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा गरी क्वारेन्टाइनको बेड क्षमता १२ सय ९६ रहेको छ । जिल्लामा अहिले ३० जना आइसोलेशनमा रहेका छन् ।आइसोलेशनमा रहेका मध्ये २२ जना पुरुष र ८ जना महिला रहेका छन् ।
यस जिल्लामा अहिलेसम्म ८ हजार २ सय ४ जनाको आरडीटी परिक्षण गरिएको छ । भने अहिलेम्मि ३ हजार ५ सय ३७ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन् गरिएको छ । जसमा २ सय ७९ जनाको परिक्षण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । छिमेकी जिल्लासहित गुल्मीमा पुन कोरोना संक्रमणको सुरु भएपछि एक हप्ता निशेषाधाज्ञा गरिएको थियो । निशेषाधाज्ञाको मोडालिटी अहिले परिवर्तन गरिएको छ ।
नाका प्रवेशमा कडाई गर्ने र पिसिआर रिर्पोटको आधारमा जिल्ला प्रवेश गर्न दिने जिल्ला संकट व्यावस्थापन केन्द्रको भदौ १३ गतेको निणर्यमा उल्लेख गरिएको छ । रुरु क्षेत्र गाउँपालिकाको रिडि, रेसुंगा नगरपालिकाको नेटा, मुसिकोट नगरपालिकाको वामी, मदाने गाउँपालिकाको सौतामारे र कालिगण्डकीको पुर्तिघाट र हर्मिचौर नाका व्यवस्थापनमा कडाई गर्ने निणर्य बैठकले गरेको छ ।
गुल्मीमा जिल्ला बाहिरबाट स्वाव सकंलन गरी गरिएको पीसीआर परिक्षणमा सक्रंमित हुनेको संख्या १६ रहेको छ । जसमध्ये मुसिकोट, चन्द्रकोट र मालिकाका १/१ जना चन्द्रकोटका २जना, रुरुक्षेत्रका ३ जना मदानेका ३, गुल्मीदरबारका ३, छत्रकोटका २ जना रहेका छन् ।