देविनगरका जनप्रतिनिधिहरुले वडा कार्यालयकाे सभाहल निर्माणमा अपुग रकम उठाएर सहयोग गरेका छन्

देविनगरका जनप्रतिनिधिहरुले वडा कार्यालयकाे सभाहल निर्माणमा अपुग रकम उठाएर सहयोग गरेका छन्

Badigad Online
3 Min Read

पुर्व खाेला गाउपालिका वडा नम्बर ४ देविनगरका जनप्रतिनिधिहरुले वडा कार्यालयकाे सभाहल निर्माणमा पैसा नपुगे पछि अपुग रकम उठाएर सहयोग गरेका छन् ।आर्थिक वर्ष २०७६/०७७ काे निर्वाचन क्षेत्र विकास काेष पाल्पा क्षेत्र न १ का सङ्घिय साम्सद दल बा.` रानाको निर्वाचन काेष कार्यक्रम मार्फत देविनगर वडाको सभा हल निर्माणकाे लागि २० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट हाल वडा भवन रहेको माथिल्लो तल्लामा १५० देखि २०० जना सम्म बस्ने मिल्ने सभाहल निर्माण गर्दा कुल १९ लाख ९५ हजार खर्च भएको छ। खर्च भएको रकम भन्दा ५ लाख ३५ हजार पैसा नपुगे पछि देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठ ,कार्यपालिका सदस्य सुकुनराज वि.क. वडा सदस्य मेहर सिङ थापा भुवन सिङ्जालि रेवति घर्ती लक्ष्मी बि क गरि  ६ जनाले प्रति व्यक्ति ५० हजारकाे दरले ३ लाख जम्मा गरि उपभोक्ता समितिलाई दिएको हाे। जनप्रतिनिधिले ३ लाख पैसा दिए पनि थप २ लाख ३५ हजार नपुगेको सभाहल निर्माण समितिका अध्यक्ष भिम बा थापाले बताउनु भयो ।

गत असार २२ गते भित्र सभाहल पुर्णरुपमा सक्नु पर्ने भएता पनि नेपाल भरि काेविट 19 काेराेना भाइरसकाे माहामारिले गर्दा नेपाल सरकारले चैत्र ११ गते देखि लकदाउन गरेको हुदा निर्माण सामाग्री समयमै ढुवानी नहुदा प्राविधिक इस्टेतमेन्ट अनुसार काम गर्न नसक्दा र अावश्यक टेवल कुर्चि बिजुलीका सामान रङराेगन लगाएको  ३ लाख बराबरको सामाग्रीहरुकाे मुल्यांकन प्राविधिकबाट नभएको हुदा १७ लाखमात्र मुल्यांकन भएको थियो । १७ मुल्यांकन भए पनि १३ प्रतिशत सामाग्रीकाे भ्याटमा गाउपालिकाले ६.५ प्रतिशत भ्याट कट्टी र काम सम्पादन नगरेको रेसिअाे कट्टी गरि जम्मा १४ लाख ३९ हजार मात्र भुक्तानी गरेको थियो । गत आर्थिक वर्षमा पाल्पा जिल्लाकाे १० स्थानीय तह मध्य पुर्वखाेला गाउपालिकाले मात्र  १३/ भ्याटकाे ६.५  करकट्टि गरेको छ। ६.५ करकट्टि गर्दा गत वर्ष पुर्वखाेला गाउपालिकाका प्राय सबै याेजनाहरु काे खर्च रकम नपुग्दा स्थानीय उपभोक्ताबाट जनश्रमदान गरे पनि नगद समेत उठाउनु परेको उपभोक्ता समितिले जनाएको छ।

देविनगर वडाकाे सभाहल निर्माणमा धेरै रकम नपुगेको कारण निर्माण व्यवसायी ज्यामिहरु मर्कामा परेको हुदा अाफुहरुले केही रकम उठाएर सहयोग गरेको वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले बताउनुभयो ।निर्वाचन क्षेत्र विकास काेषकाे कार्यक्रमबाट सभाहल निर्माण भएको र बाकी रहेको शाैचालय रङराेगन वायरिङका काम यस वर्ष पूरा गर्ने  देविनगर वडा सभाहल निर्माण उपभोक्ता समितिका अध्यक्ष भिम बा थापाले बताउनु भएकाे छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित