युवा उद्यमी केशव पाण्डेले श्रीखण्डको बिरुवा उत्पादन गरी बिक्री गर्न थाल्नुभएको छ

युवा उद्यमी केशव पाण्डेले श्रीखण्डको बिरुवा उत्पादन गरी बिक्री गर्न थाल्नुभएको छ

Badigad Online
1 Min Read

तानसेन १४ अर्गलीका २३ वर्षिय केशव पाण्डेले श्रीखण्डको बिरुवा उत्पादन गरी बिक्री गर्न थाल्नुभएको छ । मूल्यवान वनस्पतिको रुपमा परिचित श्रीखण्डको १२ हजार बिरुवा उत्पादन गरी बिक्रीका लागि तयार गरेको पाण्डेले बताउनुभयो । नर्सरीमा अहिले श्रीखण्डका १ फुट अग्लो बिरुवा रहेका छन्। कोरोना महामारी र बन्दाबन्दीका कारण नर्सरीमा रहेका बिरुवा सोचे जतिबिक्री हुन पाएका छैनन । एउटा श्रीखण्डको खुद्रामूल्य ५ सय रुपैँया निर्धारण गरिएको छ । व्यवस्थापन विषयमा दशजोड दुई उत्तीर्ण पाण्डेले गुल्मीका दिलिप भण्डारीको प्रेरणामा श्रीखण्डको नर्सरी गर्नुभएको हो ।

श्रीखण्ड, बोधोचित्त, ब्ल्याक हुड (कालो काठ) जस्ता किम्मती बिरुवामा ठूलो लगानी गरेका भण्डारीसँग बाटोमा भेट हुँदा कुराकानी भएपछि आफू यस्ता बिरुवामा आकर्षित भएको पाण्डेको भनाई छ । युवा उद्यमी पाण्डेले आगामी वर्षदेखि कागती, लिची, एभोगाडो र किवीको नर्सरी तयार गर्ने योजना बनाउनु भएको छ । किम्मती बिरुवा उत्पादन र वितरणमा संलग्न पाण्डेले सरकारी सहयोग पाए अत्तर, पाउडर, लिपिस्टिक, पर्फुम उत्पादन गरी निर्यात गर्न सकिने विचार व्यक्त गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित