बाग्लुङमा पहिरोसहित ठाडो खोला आउँदा ५ घरमा क्षेती २ जना सम्पर्कबिहिन

बाग्लुङमा पहिरोसहित ठाडो खोला आउँदा ५ घरमा क्षेती २ जना सम्पर्कबिहिन

Badigad Online
1 Min Read

जीवन पाण्डे, बाग्लुङ – जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका वडा न. ०९, सुकुर्दुङ भन्ने स्थानमा सुकुर्दुङ खोला (ठाडो) आउदा ५ घरमा क्षेती पुर्याएको छ । स्थानियका अनुसार ती घरबाट भाग्ने क्रममा २ जना सम्पर्कबिहिन छन। घरमा भएको भौतिक क्षेती यति नै भएको भने यकिन भएको छैन ।

उक्त ठाडो खोलामा रुख सहित खसेको पहिरोले गर्दा खोला केहिबेर थुनिएको हो । अभिरल बर्षाका कारण आएको खोलाले अहिले आफ्नो स्थान लिएर बगेको इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक प्रकाश भण्डारीले बडिगाड अनलाइनलाइ जानकारी दिनुभएको छ ।

ढोरपाटन नगरपालिका १ बुर्तिवाङ भन्दा माथिको स्थानमा पहिरो आएको र खोला थुनिएर खोला बढेको खबर सुनेपछी बुर्तिवाङमा तटिय क्षेत्रमा बस्ने मानिसहरुले सतर्कता अपनाएको प्रहरिले जनाएको छ ।

आकासबाट पानी आउने क्रम नरोकिएकोले बडिगाड खोलाका तटिय क्षेत्रमा बस्ने बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित