दुइचार थान मतले चुनाव जित्दैमा नेता जनताको हुँदो रहेनछ – सन्दर्भ बाढी पहिरो

दुइचार थान मतले चुनाव जित्दैमा नेता जनताको हुँदो रहेनछ – सन्दर्भ बाढी पहिरो

Badigad Online
3 Min Read

दिनेश शर्मा, बागलुङ – पश्चिम बाग्लुङको भुजिखोलामा आएको भिमकाय बाढि पहिरोमा कम्तिमा ३८ जनाले ज्या’न गु’माए (केहि को श’व फेला पर्यो, केहि शव पुलको लठठा र बालुवामा आम्सिक र पुर्ण रुपमा पुरिएका थिए) जम्मा १३ वटा शव भेटिएको जानकारि प्राप्त भएको छ। अन्य हराइरहेका छन ।

घ’टनाको पहिलो दिन प्रदेश साम्सद खिम बिक्रम शाहि, ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपाली, प्रमुख जिल्ला अधिकारि, नेपाल प्रहरि, शसस्त्र प्रहरि, नेपालि सेना, छिमेकि पालिकाका प्रमुख तथा उप प्रमुख, बिभिन्न राजनैतिक दलका नेता कार्यकर्ता उद्दारमा जुटे । ताराखोला गाउपालिकाले पालिका अध्यक्ष प्रकाश घर्ति मार्फत ढोरपाटन नगरपालिकालाइ राहत हस्तान्तरण गर्यो ।

तर पनि घटनाको पहिलो दिन हेलिकप्टर मार्फत पहिरो प्रभावित क्षेत्रमा आउन लागेका गृहमन्त्री र यसै क्षेत्रका एक मात्र प्रतिनिधि सभा साम्सद मौसमको प्रतिकुलताको कारण देखाउदै बिचबाट फर्कदै गर्दा पश्चिम बाग्लुङ का नेता जित शेरचन सहितको एकटोलि राहत सहित घटनास्थल आएको थियो ।

जसको कारण पहिलो हेलिकप्टर जसमा गृहमन्त्री, साम्सद र प्राकृतिक प्रकोप बिज्ञ आउने कुरा थियो । उक्त हेलिकप्टर प्राकृतिक प्रतिकुलता मात्र नभएर अरुपनि कारणले फिर्ता भएको भन्दै सामाजिक सन्जालहरुमा आलोचना हुन थालेको छ । हिजो नै गृहमन्त्री पार्टिको सचिवालय बैठक मा समेत सहभागी हुनुभएको थियो। सदरमुकाम बाग्लुङ बजार बाट झन्डै चार घन्टा सवारि यात्रा र केहि घन्टाको पैदल यात्रा पछि मात्रै घटना स्थल पुग्न सकिन्छ। पिडितहरु राति खुला आकाश मुनि आगो बालेर रात काटेका तस्बिरहरु सामाजिक सन्जालमा देखिएका छन।

सदरमुकाम टाढा हुदा यस्तै कठिन परिस्थितिमा पश्चिम बाग्लुङ बासिको मन अझ बढि अमिलो हुने गर्दछ । उपनिर्बाचन को समयमा सत्ताधारि पार्टी का अध्यक्ष प्रचन्ड, महासचिव बिष्णु पौडेल लगाएत प्रतिपक्ष दलका प्रमुख नेता ले समेत पश्चिम बाग्लुङ लाइ छुट्टै जिल्ला बनाउने आश्वासन दिएपनि निर्वाचन सकिए लगत्तै त्यो मुद्दा पनि सकिदै गएको छ।

अझ हास्यास्पद कुरा त के छ भने हिजो उपनिर्बाचन मा आफु निकट दल र ब्यक्ति लाइ जिताउन भन्दै महिनौ पश्चिम बाग्लुङ मा बसेका र छुट्टै जिल्ला बनाउने माग उठ्दा जनता लाइ सडक मा सुत्न उक्साउने नेता गण हरु सदरमुकाम प्रदेश र केन्द्रमै बसेर फलानो राष्ट्रिय शभा मा गएको र पठाएको ठिक र बेठिक भन्दै सामाजिक सन्जाल मा दोहोरि शैलि मा भिडेको देखिन्छ ।

कसको कति भुमिका रह्यो यो भिमकाय बिपत्ति मा बोबाङ र ढोरपाटन बासि ले मात्र हैन सिङ्गो पश्चिम बाग्लुङ बासिले मूल्याकंन गर्ने मौका अवश्य आउने छ। सधै हिडिरहेको भुजिखोला धार परिबर्तन गरेर बगिरहेको छ खोला आसपास रहेका घरहरु कतिपय कहानेर थिए भन्ने ठम्याउन गाह्रो छ, कतिपय बस्ति बगर मा परिणत भएका छन । भने कतिपय घरहरु खन्डर बनेका छन आफन्त धन सम्पत्ति केहि बाँकि छैन ।

सबै गुमाएर पनि केहि मनहरु बाच्न बिवस छन । त्यसैलेत जनताले बिपतमा भनिराखेका छन दुई चार थान मतले चुनाव जित्दैमा नेता जनताको हुँदो रहेनछ । मनले जनताको मन जित्नुपर्छ ।मृ’तक का परिवार प्रति धैर्यधारण गर्ने अथाह क्षमता आर्जन होस, उद्दारमा खटिनुभएका सबैमा थप उत्साह र उर्जा पैदा होस मृ’तक सबैको स्वर्गमा बास होस!!!

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित