बागलुङ्गमा बाढी : अहिलेसम्म १४ जनाको शव भेटियो

बागलुङ्गमा बाढी : अहिलेसम्म १४ जनाको शव भेटियो

Badigad Online
1 Min Read

बागलुङ्गको ढोरपाटन नगरपालिका–९ बोबाङमा बुधबार राति गएको बाढी र पहिरोका कराँ २४ जना बेपत्ता भएका छन् भने १४ जनाको लास भेटिएको छ जस मध्ये ४ जनाको पहिचान खुलेको छ। पहिचान खुलनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको उद्धारमा खटिएका प्रहरीले बताएका छन्। बाकी १० जनाको भने अझै सनाखत हुन सकेको छैन। राति आएको बाढी र पहिरोको कारण धेरैले ज्यान जोगाउन नसकेको साथै केहि व्यक्तिहरु भने भागेर बाच्न सफल भएको स्थानीयहरुको भनाई छ। बाढिले लास बगाएर अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म पुराएको थिय। बस्ति भएको ठाउमा अहिले खोला बगिरहेको छ भने बाढीले ५५ भन्दा बडी घरहरु बगाएको स्थानीयको भनाई छ। धेरै घरहरुको भग्नावशेषसमेत देखिएको छैन र भेटिएका शवहरु पनि अस्तब्यस्त रहेको जानकारी बडिगाड अनलाईनका सम्बाददाता जीवन पाण्डेले बताउनु भयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित