सुमित्रा कंडेल : पाल्पामा निशेधाज्ञा आज रातिबाट हट्ने भएको छ । पाल्पामा भदाै २० गतेदेखी अन्तरजिल्ला (सीमा) कडाइ गरिने भएकाे छ । काेभिड १९ सङ्क्रमण राेकथाम तथा नियन्त्रण जिल्ला समितिकाे आज सम्मन्न भएकाे बैठकले आन्तरिक खुला गतिविधि भने खुला गर्ने निर्णय गरेकाे हाे । पाल्पामा अहिलेसम्म काेराेनाका २४ जना सक्रिय सङक्रमित रहेका छन् । अहिलेसम्म १९ जना व्यक्ति आइशाेलेसनमा बसेका छन् । जिल्लाबाट पिसिआर परिक्षणका लागि पठाइएकाे ५ सय जनाकाे स्वास्वकाे नतिजा आउन बाँकी छ । पाल्पामा विदेशबाट जिल्ला भित्रिएका भने हाेम क्वारेन्टाइनमा बसेका छन् । पाल्पामा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ५ सय ८९ पुगेको छ । संक्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन्, २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । भदाै ४ गते प्रमुख जिल्ला अधिकारीबाट पाल्पा जिल्लाभरि लागू हुनेगरी जारी गरिएको निशेधाज्ञा आदेशको अवधि सकिएपछि भदाै १२ गते राति १२:०० बजेदेखि १९ गते राति आज १२:०० बजेसम्मका लागि थप गरिएको थियाे ।
कोरोना भाईरस (COVID-19) को संक्रमण बढ्दै गएता पनि जनजीवन र विकास निर्माणमा परेको असरलाई समेत दृष्टिगत गरी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, पाल्पा (CCMC) को मिति आजको निर्णयानुसार जनस्वास्थ्य र सुरक्षाका तोकिएका मापदण्ड अपनाई अर्को सूचना नभएसम्मको लागि सरकारी, सार्वजनिक, बैंक तथा वित्तीय संस्था, बीमा लगायत सबै प्रकारका कार्यालयहरु,स्वास्थ्यसँग सम्बन्धित सेवा कृषि र पशुपन्छी व्यवसाय विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा, फोहोरमैला व्यवस्थापन लगायत सबै प्रकारका ढुवानी सेवा,विकास आयोजना र निर्माण कार्य,उद्योग, व्यापार, व्यवसाय, फसल, डिपार्टमेन्ट स्टोर, रेष्टुरेण्टबाट हुने प्याकिङ / टेक अवे सेवा, जिल्ला भित्रमात्र आवगमन गर्ने निजी सवारी साधन जोर विजोर प्रणालीमा (भोली २० गते जोर नम्बरका) सञ्चालन हुने भएका छन् ।
शैक्षिक संस्थाहरु सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल तथा स्पा, सैलुन तथा ब्युटी पार्लर,समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र सार्वजनिक स्थानमा हुने पर्व, जात्रा, जमघट,यात्रुबाहक सार्वजनिक वा भाडाका सवारी साधन संचालन गर्न नपाइने निर्णय भएको छ । यस निर्णयाको उल्लंघन गर्नेलाइ प्रचलित कानून बमोजिम सजयको गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यि बाहेक सबै सवारी साधनलाई बेलुकी ७:०० बजे देखि बिहान ५:०० बजेसम्म चलाउन रोक लगाइएको छ । स्वास्थ्य सामग्रीसँग सम्बन्धित बाहेक अन्य सबै प्रकारका पसलहरु बेलुका ५:०० बजेदेखी बिहान ७:०० बजेसम्म बन्द रहने भएका छन् ।सरकारी, सार्जजनिक र बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरुले संक्रमणको जोखिम तथा भिडभाड नहुने सुनिश्चतता गरी आवश्यकतानुसार कुपन प्रणाली, निश्चित क्षेत्रलाई पालो अनुसार सेवा उपलब्ध गराउने व्यवस्था वा सिफ्टको प्रबन्ध मिलाई सो को लिखित जानकारी जिल्ला प्रशासन कार्यालयलाई पठाउनुपर्ने भएको छ ।
अन्तरजिल्ला आवागमनमा रोक लगाइएकोले जिल्लाको सीमा नाका कडाइकासाथ नियन्त्रण गरिने, दमकल, एम्बुलेन्स लगायत सञ्चालन हुने भएका अत्यावश्यक सेवाका साधनहरुमा चालक, सहचालक तथा एम्बुलेन्समा बिरामी र एकजना कुरुवा रहने गरी सहजिकरण गरिने भएको छ । उद्योग र निर्माण कार्यमा संलग्न कामदार कार्यस्थल भित्रमात्र रहने गरी र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्नेछ । जिल्ला बाहिरबाट आउने व्यक्ति अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नेपर्ने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, पाल्पा (CCMC) को बैठकले आज निर्णय गरेको हो ।