कन्ट्याक्ट ट्रेसिङको रूपमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ

कन्ट्याक्ट ट्रेसिङको रूपमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ

Badigad Online
1 Min Read

सुमित्रा कंडेल : तानसेन नगरपालिका वडा नं ८ मदनपोखरामा कन्ट्याक्ट ट्रेसिङको रूपमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मदनपोखरा पिपलडाँडामा घरमै बस्दै आएकी १ महिलालाई कोरोना संक्रमण देखिएपछि उनीसँग प्रत्यक्ष भेट भएकाहरुको थ्रोट स्वाबको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । गत भदौ ७ गते ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएपछि ११ गते उनका परिवार, उनीसँगै तीजको दर खाएका, प्रत्येक्ष भेट भएका गरी ४९ जनाको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको थियो ।

कन्ट्याक्ट् ट्रेसिङ्मा परेका ४९, कुवेतबाट आएकी साविक वडा नं ५ कि १ महिला, भारतबाट आएका साबिक वडा नं २ का १ महिला र वडा नं ८ का वडाध्यक्ष गरी ५२ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमूख झविन्द्र न्यौपानेले जानकारी दिनुभयो । मुटु रोगी संक्रमित महिलाको भदौ १२ गते ज्यान गएको छ । मृतक महिलाकी श्रीमान् र १८ महने छोराको पीसीआर रिपोर्ट ९ गते नेगेटिभ आएको थियो । मृतकका श्रीमान्ले श्रीमतिको सामान छोएपछि उनलाई अहिले सामुदायिक भवनमा क्वारेन्टीनमा राखिएको छ । उनको पीसीआर परीक्षणका लागि आज थ्रोतको स्वाब लिईएको नगर स्वास्थ्य प्रमूख न्यौपानेले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित