बडिगाड अनलाइनद्धारा ढोरपाटन बाढि पीडित सहयोग अभियान सुरु !

बडिगाड अनलाइनद्धारा ढोरपाटन बाढि पीडित सहयोग अभियान सुरु !

Badigad Online
2 Min Read

बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका वडा नं ५ स्थित बडिगाड मिडिया हाउस प्रालिद्धारा सञ्चालित बडिगाड अनलाईनले ढोरपाटन बाढि पीडित सहयोग अभियान सुरु गरेको छ ।गत बुधवार भुजी खोलामा आएको बाढीले प्रभावित बनेकाहरुको सहयोगार्थ सञ्चालित अभियानमा देश तथा विदेशबाट सहयोग गर्न अनलाईनले आग्रह गरेको छ ।

बाढीबाट घरबास गुमाएका, आफन्त र सबथोक गुमाई बेसहारा बनेकाहरुलाई थोरै भएपनि राहत दिने उद्धेश्यले अभियान सुरु गरेको अनलाईनका सञ्चालक जीवन पाण्डेले बताउनुभयो । त्यहाँको स्थलगत रिपोर्टिङ पश्चात मानवीय कर्तव्य बमोजिम पीडामा परेकाहरुलाई थोरै भएपनि उनीहरुको पीडामा मल्हम लगाउन अभियान सुरु गरिएको उहाँको भनाई छ । बाढीका कारण सर्वस्व गुमाएकाहरुलाई सहयोग अभियानबाट सकंलित रकम वितरण गरिने सञ्चालक पाण्डेले बताउनुभयो ।

यस अगाडी पनि विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएको स्मरण गर्दै पाण्डेयले देश विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगका लागि अनुरोध समेत गर्नुभएको छ । एक छाक कटाएर भएपनि हामीले केही सहयोग गर्न सके कति दिन देखि पीडामा छट्पटाईरहेका ढोरबासीहरुलाई केही सान्त्वना हुने उहाँले बताउनुभयो । साथै उहाँले सहयोगका लागि प्रभु बैकंमा बडिगाड मिडिया हाउसको नाममा रहेको खाता नं १४२०१५५०१२३४०००१६ मा रकम जम्मा गर्न पनि आग्रह गर्नुभएको छ । सहयोगी मनहरुको सहयोग अनलाईन मार्फत सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

राहत संकलन अभियानमा सञ्चालक जीवन पाण्डे सगैं बिमल खड्का, सागर भण्डारी, बुद्द पाण्डे, दिनेश शर्मा, प्रकाश घिमिरे,दिपक नेपाली र राजन पाइजा रहने बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित