घटना कस्तो ठाउँबाट कसरि घट्यो? राहतको नाटक, वास्ताविक ठाउँमा मात्र पत्रकार

घटना कस्तो ठाउँबाट कसरि घट्यो? राहतको नाटक, वास्ताविक ठाउँमा मात्र पत्रकार

Badigad Online
2 Min Read

गत बुधबार राति १० बजे ढोरपाटन नगरपालिका–९ फुर्दममा गाउँमा ठूलो पानी प¥यो । ढोरपाटनको देउरालीबाट देखिने सोही गाउँमा पानीसँगै सानो पहिरो पनि गयो । पहिरो जाँदा ढोरपाटन देउरालीका कुलबहादुर सुतेका थिएनन् । उनका अनुसार सानो पहिरो गएको केही समयपछि नजिककै ठाडो खोला उर्लेर आएको थियो । खोला केही ठाउँ थुनिने र फुट्ने र पहिरो, सो ठाउँमा भएका ठूला रुख लडाउँदा खोलाको सहत क्रमश बढ्दै गयो । स्थानीयका अनुसार देउराली नजिक थुनिएको खोला ५ मिनेटमै फुट्यो । खोला फुटेपछि केही तल गएर पहिरो गएपछि थप खोला थुनिएको स्थानीय महिसरा श्रीष बताउनुहुन्छ ।

महिसरा पनि रातभर सुतिनन् । उनी सुतेको नजिकैबाट बाढी उर्लिरहेको थियो । उनको खेती योग्य जमिन पनि रहेन । नजिकै भएको पावर हाउस पनि बगायो । पावर हाउसमा बसेका धनकुमार पुन ५ मिनेट अगावै बन्द गरेर हिँडेका मात्र थिए पावर हाउससमेत बाढीले लग्यो । धनबहादुर भन्छन्– ‘केही मिनेट अघिमात्र बन्दगरेर हिँडेकाले ज्यान बाँच्यो ।’ ‘विद्युत खुल्लै थियो केहीसमय पानी कम आयो र सुसाउँदै आएपछि आत्तिदै पावर हाउसबाट निस्किए’ उनले भने । पानीको बहावबढ्दै गयो बिचमा पहिरो जाने र खोला थुनिने गर्दा सतह बढ्यो र क्षति भयो ।

बाढीले ढोरपाटन नगरपालिका–९ सबै स्थानमा क्षति गरेको छ । बाढी आएर क्षतिको विवरण बुझिरहेको प्रहरी तथा स्थानीयहरु फल्लेघरतिर नगएको स्थानीयको आरोप छ । उनीहरु भन्छन्– हामीहरुको खेती योग्य जमिन र केहीको घर बगाएको छ तर हामीसँग कोही आएका छैनन् । ’स्थानीय चन्द्रबहादुर रसाइलीको पनि खेती गर्ने जमिन बगाएको छ । उनी भन्छन्– ‘आलु लगाएको र मकै लगाएको जमिन बगाएर लग्यो, अब बाटो कहिले खुल्ने हो थाहा छैन ।’

ढोरपाटन नगरपालिकाको बोबाङबाट त्यहाँसम्म सवारी पुग्दैनन् । बाढीले सडक बगाएपछि त्यसको पुनः मर्मतका लागि बर्सो समय लाग्ने देखिन्छ । जसको बाढी बारीमा लगाएको अन्नबाली सकियो उनीहरुलाई समस्या हुने देखिएको छ । मानबहादुर रसाइली भन्छन् ‘किनेर खाने खाद्यन्न समेत पाइदैन, के खाने राहतको व्यवस्था पनि भएको छैन ।’ उनका अनुसार अहिलेसम्म त्यहाँ राज्यका कुनै निकाय अनुगमनका लागि पुगेका छैनन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित