१३१ घर बग्दा ३८ जना मात्र बेपत्ता हुने कारण यो हो ! आफन्तले २ दिन पछाडी मात्र थाहा पाए

१३१ घर बग्दा ३८ जना मात्र बेपत्ता हुने कारण यो हो ! आफन्तले २ दिन पछाडी मात्र थाहा पाए

Badigad Online
5 Min Read

विमल खड्का – भागिसरा विक, साँझ परेपछि दुवालहुँदै सुप्राङ जाँदै थिइन् । साँझको ६ बजेतिर उनी आत्तिदै आँशु पुच्दै एक महिलासँग । हामीलाई देख्नेवित्तिकै रुन थालिन् ‘मेरो भाइहरुलाई खोलाले बगायो अब माइती मेरा छैनन् ।’ उनको बोली यतिकैमा रोकिएन, ‘मेरो घरपनि लगिदियो, बारी पनि छैन ।’ उनी केही समयपहिले ढोरपाटन गएकी थिइन् । माइती बेपत्ता छन् भन्ने पनि थाहा थिएन ।

बाढीले विद्युतगृह बगाएपछि एनसेल, एनटीसीको टावरले काम नगरेपछि त्यो खबर पाउन सकिनन् । ‘आज गोठमा काम गर्दै थिए, आफन्त खोलाले लगेको दुई दिन भयो भन्दै फोन आयो, उनले भनिन, ‘त्यो थाहा पाएर झरेकी हुँ ।’ उनी रुदै भन्छिन्, ‘हामी मरेको छोरा छोरीले थाहा नपाउने, छोराछोरी मरेको हामीले थाहा नपाउने भयो ।’ उनको माइती मात्र होइन अरुलाई पनि खोलाले बगाएको छ ।

यति भन्दा उनले खोलाको किनारमा भएको घर र बारी देखाउँदै थिइन् । उनको घर सुप्राङ पनि छ । सुप्राङमा पनि बसोबास गर्नेमा उनका माइतीहरु त्यहाँ परे । गत बुधबार राति आएको बाढीले उनको माइतीलाई बगाइ लग्यो । सधैका लागि माइती लगिदियो । दुवालबाट ७ जना र घट्टेचौर बाट ६ जनालाई बाढीले बगायो । उनीहरुमध्ये केहीको शव भेटिएको छ भने केही बेपत्ता छन् । यस्तै सोही बेला नरबहादुर बिक पनि बाटोमा झर्दै थिए । उनको दाईको छोरीलाई खोलाले बगाएको छ । घर पहिरोले बगाएपनि उनी भने ढोरपाटनमा बसेकाले थाहा पाएनन् ।

भन्छन्, ‘दाइको छोरा, छोरी खोलाले बगायो तर मलाई थाहा भएन आज झर्दै छु ।’ ‘राति ठूलो पानी प¥यो हामी गोठमा थियौं, काममै बिजी भयौं थाहा भएन ।’ खोलाको छेउमा सडक हुँदा क्षति ब्यहोर्न परेको उनको बुझाइ छ । ‘उनी भन्छन्, ‘धेरै जसोको बेसी घर भएपनि ढोरपाटनमा पनि छ । हिउँदको ६ महिना बेसीबसेपछि बर्खाको ६ महिना ढोरपाटनमा बस्छौँ ।’ उनी भन्छन्, सबै जना बेसितिरै बसेको हुन्थेभने १ सय ५० जनाको ज्यान जान्थ्यो ।

सडकमा अव्यवस्थित रुपमा बसोबास गर्नाले पनि बाढी बस्तीमा पसेको स्थानीयको भनाइ छ । ‘सडकलाई प्राथमिकता राखेर खोलाको छेउमै घर बनाउँदा भौतिक क्षतिसँगै मानविय क्षति समेत भोग्नुप¥यो’ स्थानीय कासिराम विकले भने ।

तलको बस्ती व्यापारिक केन्द्र भएपनि त्यहाँका धेरै मानिस मङ्सिरसम्मको लागि ६ महिना माथिल्लो बस्ती बुकी वा ढोरपाटन सिकार आरक्षको आसपास बस्छन् । उनीहरु गाईबस्तु चरण र आलु खेतीको लागि त्यहा बस्छन् । यो बेला धेरै मानिसहरु माथिल्लो बस्ती बस्ने भएकाले उनीहरु बाच्न सफल भए ।

बाढी आयो भनेर फोन गर्दा भागेका स्थानीय फेरि फर्कदा…
ढोरपाटन –९ का स्थानीय नमलाल पुनले करिब ३० जनाको ज्यान बचाएका छन् । भुजीखोला चौँथो लगुजलविद्युतका अपरेटरसमेत रहेका पुनले फोन गरेर स्थानीयलाई बाढी आएको जानकारी गराएका हुन् । उनी भन्छन् ‘राति १० बजेसम्म फिल्म हेर्दै थिए, त्यतिबेला पहिलो पटक खोलामा बाढी आयो ।, ‘३० जनाजतिलाई फोन गरेर भने केहीलाई सुतेकै बेला उठाएर बाहिर निकालेचच ‘कोहीले अटेर गरेर सामान निकाल्छु भन्दा बाढीले लग्यो ।’ उनले भने

‘पहिलो पटक खोलामा आएको बाढीले जमिन कटान गर्दै गएको थियो त्यतिकै बेलामा भागेर गएको भए कमै क्षति हुने थियो’ उनले भने । बाढी घरमा आउँदै गर्दा स्थानीय मुत्तिराम बुढाको घरमै गएर ३ जनालाई अर्कैको घरमा लगेर राखेको उनले बताए । भन्छन्– अर्को राजकुमारको परिवारलाई उठाएँ, बाढी आएर घरभित्र पसिसकेको थियो, नजाउँ नजाउँ भने तर ओड्ने कपडा लिन जान्छुभन्दा राजकुमारको श्रीमती धनमाया र छोरालाई खोलामा आएको बाढीले लग्यो ।’ उनका अनुसार खोला आउँदै छ भन्ने सूचना दिँदा दिँदै अटेर गर्दा मानवीय क्षति भयो ।

अहिले शोकमग्न छ भूजीखोला, बाटोमा थुप्रिएका काठ, र ढुंगामा झिङ्गा देखिदा पनि लाग्छ कोही कसैको शव त छैन ?
बाढी प्रभावित क्षेत्रमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, सांसद देवेन्द्र पौडेल गएर दु;खको बेला सरकार साथमा रहेको र तत्काल राहत उपलब्ध गराउने आस्वासन दिएर फर्किका छन् । यस्तै प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्थायी बसोबासका लागि प्रदेश सरकारले एक लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् । उनि भने प्रभावित क्षेत्रको अवलोकनमा आउँदा पीडित प्रतिपरिवारबारबार ५० हजार रुपैयाँ दिएर फर्किका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित