बडिगाड अनलाइनको ढोरपाटन बाढी पिडित सहयोग अभियानमा गुरुङको सहयोग !

बडिगाड अनलाइनको ढोरपाटन बाढी पिडित सहयोग अभियानमा गुरुङको सहयोग !

Badigad Online
1 Min Read

बाग्लुङ । बडिगाड मिडिया हाउसद्धारा सञ्चालित बडिगाड अनलाइनले थालेको ढोरपाटन बाढी पीडित सहयोग अभियानमा कान्छा गुरुङले आर्थिक सहयोग गर्नुभएको छ ।

गत बुधवार भुजीखोलामा आएको बाढीमा परि प्रभावित बनेकाहरुलाई राहत सहयोग गर्ने उद्धेश्यले अनलाईनले सञ्चालन गरेको उक्त अभियानमा पोखरा १ सिमपानी स्थायी घर भई हाल कोरियामा रहनुभएका गुरुङले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँ करातेका राष्ट्रिय खेलाडी समेत हुनुहुन्छ । पीडामा रहेकाहरुलाई थोरै भएपनि सहयोग होस् भनेर आफुले बडिगाड अनलाईनले सञ्चालन गरेको अभियानमा सहभागी भएर सहयोग गरेको भन्दै उहाँले अन्य व्यक्तिलाई पनि यो विपदको समयमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सहयोग रकम घिमिरेले अभियानका सदस्य राजन पाईजाको बैकं खातामा पठाउनुभएको छ । एक छाक कटाएर भएपनि हामीले केही सहयोग गर्न सके कति दिन देखि पीडामा छट्पटाईरहेका ढोरबासीहरुलाई केही सान्त्वना हुने उहाँले बताउनुभयो । बडिगाड अनलाइनले सहयोगका लागि प्रभु बैकंमा बडिगाड मिडिया हाउसको नाममा रहेको खाता नं १४२०१५५०१२३४०००१६ मा रकम जम्मा गर्न आग्रह गरेको छ । राहत संकलन अभियानमा सञ्चालक जीवन पाण्डे सगैं बिमल खड्का, सागर भण्डारी, बुद्द पाण्डे, दिनेश शर्मा, प्रकाश घिमिरे र राजन पाइजा रहने बताईएको छ ।

सहयोगी कान्छा गुरुङप्रति बडिगाड अनलाइन परिवार हार्दिक आभार व्यक्त गर्दै उज्जवल भविष्यको कामना गर्दछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित