सामान्यता कपाल झर्नु कुनै रोग हैन तर कहिले काही रोगका कारण पनि कपाल झर्ने गर्छ। सामान्यता कपाल बढ्न छाड्नु र कपाल भाचिनु नै कपाल झर्नुको मुख्य कारण हो। कपाल झर्ने समस्याले महिला र पुरुष दुवै पिडित हुने गर्दछन। कोहि पनि व्यक्तिहरुलाई बैशामा नै कपाल झरेर तालु खुईले हुन मन पर्दैन त्यो कारणले पनि कपाल झरना थाल्यो भने पिर लाग्नु,चिन्ता लाग्नु स्वभाविक नै हो। हाम्रो सरिरको अन्य अंगलाई पौष्टिक तत्व चाहिए जस्तै कपाल बढ्न पनि पोषण चाहिन्छ।
एक अध्यनकर्ताको अनुसार कपाल झर्नबाट बचाउन पाल सुहाउदो स्याम्पु, कपालको सफाई र पूर्ण पोषणमा ध्यान दिनु पर्छ। त्यस्तै हामीले खाने खानाले पनि उतिकै असर गर्दछ त्यसैले खानामा पनि बिशेष ध्यान दिन जरुरी छ। बदाम, टुना र साल्मोन जस्ता पौष्टिक युक्त खानामा ध्यान दिनुपर्छ जसले गर्दा कपाला बढी इलाष्टिक हुने र टुट्न बाट जोगिन्छ। यस्तै जिङ्कयुक्त खाने कुरा जस्तै चना, ओस्टर्स र बिफ खाने कुराहरु खाने। जिङ्कले कपाल बृद्धिका लागि आवशयक हर्मनको निर्माण गर्छ र कपालको तन्तुलाई बृद्धि गरि गुमेको कपाल पलाउन सहयोग गर्छ । त्यतिमात्र नभएर प्रोटिन युक्त खाना खानाले तपाईको तालुलाई खुईलिन बाट बचाउनुको साथै कपाल फुल्न बाट पनि जोगाउछ।
यदि तपाई तातो पानीले नुहाउनु हुन्छ भने पनि तपाइको कपाल झरना सक्छ त्यसैले तातो पानीले टाउको ननुहाउनु होला। टाउकोमा कपाल भयो भने मात्र तपाई सुन्दर देखिनुहुन्छ त्यसैले कपाल झर्न बाट जोगाउन माथि उल्लेखित खाना खानुहोला।