पाल्पा अस्पातलमा उपचाररत एक जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पा अस्पातलमा उपचाररत एक जनामा कोरोना सङ्क्रमण पुष्टि

Badigad Online
1 Min Read

सुमित्रा कँडेल : पाल्पा अस्पातलमा उपचाररत एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।गत एक हप्तादेखी अस्पातलमा उपचाररत एक जनामा सङ्क्रमण पुष्टि भएपछी आकास्मिक बाहेकका सेवा बन्द गरिएको छ।

उपचारको क्रममा रहेकी तानसेन नगरपालिकाकी एक जना महिलामा आइतबार कोरोना सन्क्रमण पुष्टि भएको हो।

आइतबार अस्पातलको बिकास समितीको बैठकले सेवामा कार्यरत कर्मचारीको स्वाब परिक्षण र नतिजा पस्चात मात्र थप निर्णय लिने गरी सेवा बन्द गरेको छ।

यस अघी आज एकैदिन समुदायस्तरका १२ जना सहित १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित