पाल्पामा आज चार जना कोरोना संक्रमित थपिए

पाल्पामा आज चार जना कोरोना संक्रमित थपिए

Badigad Online
1 Min Read

पाल्पामा आज चार जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार हिजो साँझ र आज प्राप्त नतिजामा ४ जना कोरोना पोजेटिभ थपिएका हुन् ।माथागढी गाउँपालिकाका ३ जना पुरुष र तानसेन नगरपालिकाका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

थपिएका ४ सहित हालसम्म जिल्लाभर ६ सय १० जनामा कोरोनाको संक्रमण भएको छ । आज संक्रमण पुष्टि भएका माथागढीका सबै भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेन्टीनमा रहेका र तानसेनमा समुदायस्तरको महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा उपचाररत तानसेनकी महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालका सबै ओपीडी सेवा बन्द गरिएको छ ।
पाल्पामा ५ सय ६५ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको ज्यान गएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित