अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पाल्पामा भर्चुअल माध्यमबाट वादविवाद प्रतियोगिता

अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पाल्पामा भर्चुअल माध्यमबाट वादविवाद प्रतियोगिता

Badigad Online
2 Min Read

अन्तराष्ट्रिय  साक्षरता दिवसको अवसरमा आज पाल्पा जिल्लास्तरीय कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबिच अनलाइन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कोरोना कहर ः मेरो शिक्षा र सरोकारवालाको भूमिका विषयक उक्त वक्तृत्वकला प्रतियोगितामा जिल्लाका २२ वटा विद्यालयका २२ जना बालबालिकाहरु सहभागी भएका थिए ।

वक्तृत्वकला प्रतियोगितामा श्री रामतुल्सी मा.वि.रामपुरकी छात्रा रविना ढकाल प्रथम, श्री सेन मा.वि.तानसेनका छात्र सविन ज्ञवाली द्वितीय तथा श्री जनता मा.वि.तानसेनकी छात्रा सदिक्षा ढकाल तृतीय भएका छन् । यस्तैगरी श्री दमकडा मा.वि.दमकडाकी छात्रा विनिता पराजुली तथा श्री सिर्जना आधारभूत आ.वि.तिनाउकी छात्रा सुष्मा रुचालले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् । प्रतियोगिताको मूल्यांकन समितिमा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक डा.शंकर गैरे, शैक्षिक तालीम केन्द्रका संयोजक गोपाल बस्याल तथा तानसेन बहुमुखी क्याम्पस प्राध्यापक पुश्करराज रेग्मी रहनुभएको थियो ।

शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पा, बेस नेपाल तथा रुम टू रिड नेपालको संयुक्त आयोजना तथा शिक्षा विकास तथा समन्वय एकाई पाल्पाको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई पाल्पाका प्रमुख श्री रमेशराज पौडेलले कोभिडको जटिल अवस्थामा अनलाइनबाट भए पनि प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद दिंदै अब शिक्षक तथा विद्यार्थीहरु सबै सूचना प्रविधिमा अभ्यस्त बन्दै जानुपर्ने बताउनुभयो । बेस नेपालका कार्यकारी निर्देशक तथा शिक्षाको लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पाका संयोजक शालिकराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डेले गर्नुभएको रुम टु रिड पाल्पाका  अधिकृत ओम कुमार  श्रेष्ठले जानकारी दिनुभयो।साथै यो विषम परिस्थितिमा विद्यार्थीलाई सक्रिय बनाउनको लागि यस्ता  कार्यक्रमले थप हौसला बढाउने  समेत बिस्वास व्यक्त गर्नुभएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित