चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङ्गको ४२ बर्षको उमेरमा गएराति २ बजे निधन भएको छ। लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो भने उपचारको क्रममा उनको निधन भएको फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनले बताए। ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्मको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङले फिल्म ‘डम्बरुको डण्डीवियो’ निर्देशन गरेर निर्देशनमा पनि आफुलाई अब्बल ठहर्राई सकेका थिए। पछिल्लो समयमा उनले निर्देशन गरेको चलचित्र ‘प्रेमगीत-३’ प्रदर्शन हुन बाकि नै छ। चलचित्र ‘प्रेमगीत-३’ को प्रदर्शन मिति कोरोन महामारीका कारण सरेको हो। उनले सन् २०१५ मा आएको फिल्म ‘आभाष’ को एक गीतमा संगीत समेत भरेका छन् भने फिल्म ‘हु तु तु’ को निर्माण कर्यामा जुटेका थिए।
Badigad Online