गत भदाै १७ गते ढाेरपाटन नगरपालिका -८ र ९ मा आएकाे बाढी र त्यसले पुर्याएकाे क्षतिकाे विवरण लिएर संघीय सांसद देवेन्द्र पाैडेल मन्त्रालय पुगेका छन् । बुधबार भाैतिक मन्त्रालयमा पुगेर बस्ती पुर्नस्थापना र अबरुद्ध सडक सुचारूका लागि पाैडेल मन्त्रालय पुगेका हुन् । भाैतिक तथा सहरी विकास मन्त्री वसन्त नेम्वाङसँग पुगेका सांसद पाैडेलले बस्ती निर्माण र अबरुद्ध सडक सुचारूका विषयमा छलफल गरेकाे सांसद पाैडेलका स्वकीय सचिव राजन पाैडेलले जानकारी दिए ।
भेटका क्रममा मन्त्री नेम्वाङले बस्ती निर्माण र सडक सुचारूका लागि सम्बन्धि निकायलाई आवश्यक बजेट बिनियाेजन गर्न निर्देशन दिने बताएका छन् ।साेहि क्रममा सांसद पाैडेलले मध्यपहाडी लोक मार्गको बागलुङ – बिहु सडक खण्डको काममा ढिलाइ भएकाेमा मन्त्रीकाे ध्यानाकर्षण गराएका थिए । सांसद पाैडल भदौ २३ गते बागलुङ आएर बाढीपिडित र बस्ती पुर्नस्थापना र अबरुद्ध सडक खुलाउने विषयमा सराेकारबालासँग छलफल गरेका थिए ।