सुमित्रा कंडेल : पाल्पाको धार्मिक तथा पर्यटकिय स्थल भैरवस्थान मन्दिर परिसरमा रोट ब्यवसाय गर्नेहरु कोभिड १९ ले गर्दा प्रभावित भएका छन। मन्दिरमा नियमित हुने पुजा बाहेक अन्य पुजा ५ महीना सम्म बन्द भएको थियो हाल अहिले खुला भएपनि भक्तजनको आवतजावत नहुदा व्यापार शुन्य भएको व्यवसायीको भनाइ छ।रोट बिक्री गरेर नै जिबिकोपार्जन गर्ने अहिले कोरोना भाइरसले गर्दा मन्दिरमा भक्तजन आउन नपाउदा मन्दिरमा चहलपहल घटेको छ। पुजासामाग्री तथा रोट ब्यबसायहरु कसरी धान्ने भन्ने स्थिति भएको रोट व्यावसायि बिमला प्रधानले भन्नुभयो”व्यावसाय गर्न पाउदासम्म घरखर्च चलाउन समस्या थिएन यहि रोट पकाउदै बेच्दै गरेर राम्रो आम्दानी हुन्थ्यो अहिले त पहिले कमाएको पनि सकियो अब कसरी चल्ने हो?चिन्ता मात्र छ यसैगरी अझै यस्तै भए त हात मुख जोडन नि गाह्रो हुन्न्छ।
यो अवस्था सामान्य भइ मन्दिरमा पुनः भक्तजनको भिडभाड हुन्छ म तिनै दिनको प्रतीक्षा गरेकी छु”उहाले भन्नुभयो ।बिमला प्रधानको जस्तै शान्ति थापाले पनि रोटको ब्यबसाय गर्दै आउनुभएको छ।उहाँको परिवार पनि सोही ब्यबसायले नै धानिएको थियो । यो ब्यबसाय सुरु गरेदेखि आजसम्म आर्थिक समस्या परेको थिएन तर अहिले निशेधाज्ञा ले गर्दा सबै ठप्प हुदा समस्या परेको बताउनुभयो ।”पाल्पामा निशेधाज्ञा हटेसंगै छिटफुट पसल खुलेका छ्न त्यसैले आजभोलि मैले नि खोलेकी छु तर दर्शन गर्न कोहि आउदैन कसरी हुन्छ र दिनभर पसल कुरेर बहिनासम्म हुदैन भन्नुभयो ।
” भैरवनाथ मन्दिरको आसपासमा रोट व्यवसाय गर्ने सबै व्यापारीको अवस्था बिमला र शान्ति को जस्तै नाजुक स्थिति छ।मन्दिर आसपासमा “२० भन्दा बढी रोट र पुजा सामग्रीको पसल रहेका छन ती सबैले यहि हुने व्यापारबाट नै घरपरिवार चलाउदै आएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष आशिक दुधराजले भन्नुभयो ” प्रायः अहिले पसल बन्द छ्न केही छिटफुट खुलेपनी व्यापार छैन अहिले सबै व्यापारी चिन्तामा छ्न।कोरोनाले सबै क्षेत्रमा असर परेको छ साथै मन्दिरमा पनि तेस्तै स्थिति छ मन्दिरमा आम्दानीको स्रोत छैन दैनिक खाद्य व्यवस्थापन गर्न ,कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएको छ उहाले भन्नुभयो