पाल्पामा बुधबार ३० जनामा कोरोना संक्रमण पुष्टि

पाल्पामा बुधबार ३० जनामा कोरोना संक्रमण पुष्टि

Badigad Online
2 Min Read

सुमित्रा कंडेल: पाल्पामा बुधबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साझ आएको नतिजा अनुसार रम्भा गाउँपालिकाका ९ जना र १९ जना तानसेन नगरपालिका भित्रका रहेका छन । जसमा ६ जना वडा अध्यक्ष ,सदस्य समेत रहेका छन् ।यसैगरी अस्पतालमा उपचाररत ३ जना बिरामीमा गरिएको स्वाव परिक्षणमा पनि काेराेना पुष्ठि भएको छ । उनीहरू तानसेन, रम्भा र रिब्दीकाेटका रहेका छ्न। तानसेनका सङक्रमितहरू मध्ये ९ जनाकाे ट्राभल हिस्ट्री रहेको छ भने ८ जनाको भने कुनै ट्राभल हिस्टी नरहेको बताएका छ्न । तानसेनकाे वडा नं १ का २ जना, वडा नं. २ काे १ जना, वडा नं. ६ काे १ जना, वडा नं. ७ काे ३ जना, वडा नं. ८ काे २ जना, वडा नं. ९ काे १ जना, वडा नं. १० काे ४ जना, वडा नं. ११ काे १ जना र वडा नं. १२ काे २ जना सङक्रमित भएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

वडा नं. ८ काे एक जना भने काेराेनाबाट मृत्यु भएकी महिलाकाे श्रीमान् रहेका छन् । रम्भाकाे वडा न. ३, ४ र ५ का पुरूषहरूमा काेराेना सङक्रमण देखिएकाे हाे । तानसेनमा सङक्रमित हुनेहरूमा १४ पुरूष र ३ महिला रहेका छन् ।अस्पतालमा लिएकाे स्वावमा काेराेना पाेजेटिभ देखिनेमा एक महिला र एक पुरूष रहेका छन् ।तानसेन नगरपालिकाभित्रका पुष्टि भएकाहरुमा ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने आंकलन गरिएको छ ।

बुधबार बिहान दुई जना तानसेन नगरपालिका८ का एक जना पुरुष र पूर्बखोला गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।बुधबार साझ थपिएका २८ जनासंगै पाल्पामा संक्रमितको संख्या ६ सय ४२ पुगेको छ । कोरोना संक्रमणबाट पाल्पामा दुई जनाको मृत्यु भएकाे छ भने ५७० जना कोरोनालाइ जितेर घर फर्किएका छ्न।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित