नेपाली क्रिकेट खेलाडीको खातामा क्यानले तलब पठायो, कुन खेलाडीले कति पाए ?

नेपाली क्रिकेट खेलाडीको खातामा क्यानले तलब पठायो, कुन खेलाडीले कति पाए ?

Badigad Online
1 Min Read

नेपाली क्रिकेट खेलाडीले सन् २०१९ मा पाउनु पर्ने तलब अहिले पाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानको खातामा सोमबार पठाए पछि क्यानले खेलाडीको खातामा पठाएको जानकारी क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दिए। नेपाली खेलाडीले ग्रडिङ्ग अनुसार मासिक तलब पाउनेछन भने खेलाडीहरुलाई ए बि र सि गरी ग्रडिङ्ग गरिएको छ जस अन्तर्गत ए ग्रेडका खेलाडीले मासिक ४५ हजार, बि ग्रेडकाले ३५ हजार र सि ग्रेडकाले २५ हजार रुपैयाँको दरले तलब पाउनेछन् । यो पटक भने खेलाडीहरुले विगतमा भन्दा मासिक १० हजार रुपैयाँ बढी पाउनेछन्।नेपाली टिममा २२ खेलाडी र १ जना भिडियो एनालिस्ट सहित २३ जना छन्।

यस्तै ग्रडिङ्ग ए मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र विनोद भण्डारी छन् भने ग्रडिङ्ग बि मा र सि मा क्रमस अभिनाश बोहोरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजवंशी, रोहित पौडेल, पवन सराफ, सन्दिप जोरा, सुशन भारी,राजु रिजाल, प्रदीप ऐरी, रसिद खान, इशान पाण्डे, कुशल मल्ल र कुशल भुर्तेल रहेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित