नायक तथा मोडल पल शाह र गायक दुर्गेश थापा बागलुङ्गका बाढी पिडित भएका ठाउमा पुगेर बाढी पिडितलाई सहयोग गरेका छन्। मिडियाहरुसंगको कुराकानीमा पल शाह र दुर्गेश ले भने ‘उहाँहरूको पिडामा थोरै भए पनि मल्हम लगाउने प्रयास स्वरूप यो कदम चालेका हौं’। ‘बागलुङका बाढीपहिरो पिडितका लागि २५ थान सिरक, २५ थान डसना, २ कार्टून नुन, ४ कार्टून तेल, ३० बोरा चामल र नगद रु पचास हजार नगद सहयोग गरे। उक्त सहयोग ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली र उपमयोर करमती पुनको हातमा हस्तान्तरण गरेका हुन्। स्वयं पिडितलाई नै सहयोग हस्तान्तरण गर्ने उधेश्य रहे पनि सम्भब नभएपछि नगर प्रमुख र उपप्रमुखको हातमा नै दिएको र पिडितहरुसंग प्रतक्ष्य भेटेर सहयोग गर्न नपाउदा दुख लागेको नायक पलले बताए। नगर प्रमुख देव कुमार नेपालीले उक्त सहयोग चाडैनै पिडितलाई वितरण गर्ने बताउनु भयो।
बागलुङ्गको ढोरपाटन नगरपालिका–९ बोबाङमा १७ गते राति गएको बाढी र पहिरोले गाउनै बगाएको थियो। जस कारण त्यहाका स्थानिय बासीहरु घरको न घाटको अवस्थामा पुगेका हुन्। उनीहरुले भोगिरहेको पिडादायी दैनिकीलाई केहि सहज पार्ने उदेश्यले नायक पल र गायक दुर्गेश सहयोग लिएर पुगेका हुन्। अन्य विभिन्न स्थान बाट पनि सहयोग आउने क्रम जारी रहेको जानकारी प्राप्त भएको छ।
सहयोग गरेका अन्य तस्बिर हेर्नुहोस :