न्युरालिङ्कले ल्यायो मष्तिस्कमा जोडिने मेमोरी चिप : दि लिङ्क – विश्वराज गौतम

न्युरालिङ्कले ल्यायो मष्तिस्कमा जोडिने मेमोरी चिप : दि लिङ्क – विश्वराज गौतम

Badigad Online
4 Min Read

कस्तो हुन्थयो यदि तपाइँले जे सोच्नु भयो मोवाइल ,ट्यावलेट र गाडि जस्ता उपकरणले त्यसरी नै काम गर्ने भए ?
सोच्नुहोस त, तपाइँको मेमोरीलाई स्टोर गर्न मिलोस र हिन्दी सिनेमा रावनमा जस्तै कुनै रोबोटमा स्मृती राख्न मिलोस ।
यदि तपाइँमा कसैको मनको कुरा थाहा पाउन शक्ति भए के गर्नु हुन्थयो ?

सुन्दा जादु जस्तो लागे पनि यो चाडै नै सम्भव हुनेवाला छ । यसै प्रविधिको हालै अगस्त २९ मा न्युरालिङ्क कम्पनीका सञ्चालक ईलोन मस्कले मानिसको मष्तिस्कमा जोड्न मिल्ने न्युरो ट्रान्समिटरको प्रदशन गरेका छन् । उक्त न्युरो ट्रान्समिटरको नाम दि लिङ्क राखिएको छ । हाम्रो जानकारीलाई सहज बनाउनका निम्न शब्दावली बुझ्न आवश्यक छ ।

न्युरोन
हाम्रो मष्तिस्क लाखौँ साना स्नायु कोष न्युरोन बाट बनेको हुन्छ । यी स्नायु कोष लामा हाँगा भएका र एक अर्का सँग जोडिएका हुन्छन् । हाम्रो शरीरको संवेदना एक स्थानबाट अर्काे स्थान सम्म पु¥याउन मुख्य भूमिका खेल्ने गर्दछन् । बिद्युतीय तरङ्गको जस्तै सिनाप्टिक ट्रान्समिस को माध्ययमबाट यसरी मष्तिस्कको सुचना शरीरसम्म र शरीरबाट मष्तिस्क सम्म पुग्ने गर्दछ ।

न्युरो ट्रान्समिटर
यी एक न्युरोन र अर्को न्युरोन वा कोष वा ग्रन्थी बिच सुचना दिने रसायनिक संवाददाता हुन् । यो पक्रियालाई सिनाप्टिक ट्रान्समिसन वा न्युरो ट्रान्समिसन भनिन्छ ।

दि लिङ्क

यो न्युरालिङ्क कम्पनीद्घारा निर्मित कृतिम न्युरो ट्रान्समिसन गर्ने उपकरण हो । यो हेर्दा क्यारामको सानो गोटी जस्तो देखिन्छ । तारविहिन चाजिङ्र्ग (इन्डक्टीभ चार्जिङ्ग) हुने साथै १ दिन भरी चार्ज टिक्ने मस्कले बताएका छन् । लिङ्कले मष्तिस्क र हरेक दिन प्रयोग गर्दै आएको प्रविधी बिच सम्बन्ध स्थापित गर्ने भनाई छ । जस्तै , हाम्रो मोवाइल, ल्यापटप जस्ता उपकरणहरु आफ्नो सोचबाट नियन्त्रण गर्न सकिनेछ ।

लिङ्क कसरी पाउने
न्युरालिङ्क कम्पनीका सञ्चालक तथा विश्वको सबैभन्दा धनी कार कम्पनी टेस्लाका सीईओ ईलोन मस्कका अनुसार यो खप्परको माथिल्लो सतहमा जोडिनेछ र मानिसहरु स्वास्थ्य र सहज देखिनेछन् आधुनिक सर्जिकल रोबोटबाट लिङ्क मष्तिस्कमा जडान गरीने छ । । १ घण्टा भन्दा कम समयमा जोडिने छ । जडान पछि काममा बिना आराम जान सम्भब हुनेछ ।

लिङ्कको उदेश्य तथा महत्व
लिङ्कमा प्रयोगबाट शरीरको चाप, ताप, मुटुको धड्कन नाप्ने देखी संगित सुन्न सकिने व्यबस्था छ । तपाइँको मोवाइल तपाइँको मष्तिस्क भित्र रहे जस्तै हुनेछ । यस्को पहिलो उदेश्य अन्धोपन हटाउन , मष्तिस्क सम्बन्धि रोगहरु जस्तै डिप्रेसन, एडिक्सन, एनजाइटी, अलजाइमर पार्किन्सन र पक्षघात भएकालाई चेतना दिने र पछि हिडडुल गराउने मस्कले बताएका छन् । यस्ले हामी भित्र थाहा नभएका मष्तिस्कका आयामहरु पत्ता लगाउने छ । जस्तै हाम्रो गायन, चित्रकला मा उपलब्धि हुन्छ । यस्ले धेरै न्युरो सम्बन्धी समस्याहरु जस्तै अन्धोपना, बहिरोपना, पक्षघात, स्मरण क्षमतामा ह्रास, स्ट्रोक आदि समाधान गर्नमा भुमिका खेल्ने छ । उनले अहिले सुँगुरमा दि लिङ्गकको सफल परिक्षण गरीसकेका छन् र उक्त सुँगुरको न्युरोनको सिनाप्सको अध्ययन गर्न र उनिहरुको चालको अनुमान गर्न सफलता प्राप्त गरेका छन् ।

लिङ्कको भबिष्य
भबिष्यमा आफ्नो स्मरण मेमोरीको रुपमा राख्न र पुन प्रयोग गर्न सकिने हुन सक्नेछ । मेमोरीलाई अनलोड र ब्याकअप गर्न सकिने र हिन्दी सिनेमा रावनमा जस्तै रोबोटमा अपलोड गर्न सकिनेछ । टेलिपाथी अर्थात कसैको मनमा कुरा वा सोच थाहा पाउने वा मनमनै संवाद गर्न सकिने हुन सक्छ । आफ्नो मष्तिस्कको मेमोरी वा यादलाई जस्ताको तस्तै पुनः चलाउन सकिने छ ।

स्रोत : न्युरालिङ्क , क्वीनसल्याण्ड ब्रेन इन्सिच्युड , सिनेट,

संकलक : विश्वराज गौतम

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित