सिसाखानीको झोलुङ्गे पुल कहिले बन्ला ?

सिसाखानीको झोलुङ्गे पुल कहिले बन्ला ?

Badigad Online
2 Min Read

तिलक मगर, बाग्लुङ । झोलुङ्गेपुलको जिल्ला भनेर चिनिएको बाग्लुङका कयौ स्थानका पुल बडिगाड ३ सिसाखानीको फलाम प्रयोग गरेर निमार्ण गरिएको इतिहास भेटिन्छ । तर त्यहि सिसाखनीको भलामिघाट र पालिका वडा नं २ धैरेनी लाई जोड्न जोर्ति खोलाको पुल पहिरोले बगाएको १ वर्ष वितिसक्दा पनि अझै पुन ः निमार्ण हुन सकेको छैन ।

बर्खायामका कारण केहि ढिलाइका साथ निमार्ण शुरु गरिएको गत वर्षकोे उक्त योजना कोरोनाको बाहानाका कारण अझै शुरु हुन सकेको छैन । बडिगाडकै कतिपय स्थानमा कोरोना करहकै विच विभिन्न योजना निमार्णको अन्तिम चरणमा पुग्दापनि यस झोलुङ्गेपुलको योजना भने अहिले सम्म २० प्रतिशत मात्र निमार्ण भएको भलामिघाट पुल निमार्ण समितिले जनाएको छ ।

पुल निमार्णमा सरोकारवालाले लामो समय सम्म चासो नदेखाएपछी स्थानियले काठको पुल ९फड्के० निर्माण गरि बजार आवतजावतमा सहजता बनाएको स्थानिय हरिकला रानाले बताइन । साथै सिसाखानी तल्लो भेगका स्थानियले बजार आवतजावतमा प्रयोग गर्ने यस पुल निर्माणमा ढिलाई हुनु र भएका सडक संजालमा नियमित यातायातका साधन नचल्दा सर सामान लिन पनि निकै कठिनाई भएको स्थानिय ललिता घर्तिले बताईन ।

तर यता पुल निमार्ण समितिका अध्यक्ष लोक बहादुर घर्तिले भने पुल निमार्णमा समन्वय गरिरहेका बडिगाड गााउपालिका, बडिगाड महिला तथा बालबालिका शसक्तिकरण केन्द्र र टिभिएस पोखराको निर्देशन कुर्दा निमार्णमा ढिलाई भएको स्वीकार्छन । १ वर्ष वित्दा समेत पुल निर्माण कार्य सम्पन्न नभएको पुल अब कहिले सम्पन्न होला भन्ने जिज्ञासामा उनले यहाँका जनताले आउदो बर्खामा पुलबाटै खोला वारपार गर्न सक्ने दाबि समेत गरे ।

जे होस अध्यक्ष घर्तिले भनेकै कुरामा विश्वास गर्ने हो भने सिसाखानीका स्थानियले आउदो बर्खामा पुलबाटै यात्रा गर्न पाउने छन । साथै गत वर्ष साउन ८ गतेबाट स्थानियले उर्लदो बर्खेखोलमा जोखिम मोलेर यात्रा गर्नु परिहेको बाध्यताको अनत्य हुने छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित