सुमित्रा कंडेल : माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीका ६१ वर्षकि टिकीसरा कामीले शुक्रबार नागरिकता प्राप्त गर्नु भएको छ। तानसेन नगरपालिका वडा नम्बर ११ जुकीया जन्म घर भइ २०३५ साल मंसिर १ गते माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी छाेडिघाट बस्ने ओमबहादुर कामी संग बिवाह गरेर आउनुभएको हाे। २०१६ साल असार २२ गते जन्मनु भएकि टिकीसरा कामीकाे नत जन्मदर्ता नै थियो नत विवाह दर्ता नै आफ्नाे श्रीमान् बाेल्न सक्नु हुन्न आफु अलिअलि बाेलेपनि कुरा बुझिदैन आफ्नाे घरमा दाउरा पात खाेजेर सराइ बजार बेच्न ल्याउने र पैसाले घर गुजारा गर्ने गर्नुहुन्थियो ।
उहाँहरुकाे सन्तान छैनन् आफ्नाे ससुराकाे पालामा समाजकै धनी मानिने उहाँको परिवार आज एकछाक खान पनि गार्है छ श्रीमान्ले अपाङ्ग भत्ता पाएकाे पैसाले चामल लिदै ठिक्क हुन्छ उहाँका मनका अनेकौं रहर चाहाना थिय सबै अधुरै देख्दा आखामा आशु भरिएर आउछ भन्नुहुन्छ टिकीसरा काे घरमा जान गाउँको बस्ती देखि झन्डै १ घन्टा लाग्छ बनकाे बिचमा चराचुरुङ्गी संग आफ्ना दुख साट्दै काटेको जिन्दगी काे यात्रा यहाँ सम्म आउदा प्रमाणपत्र केही नहुदा सरकारले दिएको सेवासुविधा समेत लिन नपाउदाकाे पिडा लाई आज कम भएको बताउनुभयो।
‘ धेरै खुशी छु सबैकाे अथक प्रयासबाट काम भएको छ जन्म प्रमाणीत नै थिएन जनप्रतिनिधिले धेरै गर्नु भएको छ ता न पा ११का वडा अध्यक्ष माथागढी ३का वडा अध्यक्ष जि प्र का , प्रभास चाैकी र गाउँका सबै मिलेर प्रशासनको सहकार्यमा नागरिकता बनेको छ अब सबै प्रक्रिया मिलाएर भत्ता पाउने आशामा छु उहाले भन्नुभयो उहाँले भन्नुभयाे।सहयोगी हातहरुलाई बिशेष धन्यवाद दिदै खुशी हुनुभएको थियो।