कुलमान घिसिङको कार्यकाल आज सकिदै, फेरी नियुक्ति हुने/नहुने बारे यस्तो छ तयारी

कुलमान घिसिङको कार्यकाल आज सकिदै, फेरी नियुक्ति हुने/नहुने बारे यस्तो छ तयारी

Badigad Online
1 Min Read

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ। उनको कार्यकाल सकिदै गर्दा अव प्राधिकरणको कार्यकारी निर्देशक को हुने हो भनेर केहि समय अगाडी देखि नै चर्चाको बिषय बनेको छ। जनताहरुले कुलमान घिसिङलाई नै फेरी कार्यकारी निर्देशकको रुपमा चाहे पनि अहिले सम्म कुलमान फेरी कार्यकारी निर्देशक हुनुपर्छ भन्ने प्रस्ताब मन्त्रीमंडल सम्म पुगेको छैन। २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले उनको नियुक्ति गरेका थिए ।
कुलमान प्राधिकरणको कार्यकारी निर्देशक हुनु भन्दा अगाडी नेपालमा १८ घण्टा सम्म लोड्सेडीङ्ग हुन्थियो भने उनले आफ्नो कार्यकालमा देशलाई नै लोड्सेडीङ्ग मुक्त मात्र बनाएनन प्राधिकरणको घाटामा गएको ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा ल्याए। देशलाई नै लोड्सेडिङ्ग बाट मुक्त गराएपछी जनताका लोकप्रिय बनेका कुलमान फेरी कार्यकारी निर्देशक बन्ने हुन् कि हिन्न त्यो भने हेर्न बाकी नै छ। ऊर्जा मन्त्रालय नै मौन बसेको कारण नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने/नगर्ने, कुलमानलाई निरन्तरता दिने/नदिने वा निमित्तका रुपमा अरुलाई नै काम गर्न दिने भन्नेबारे केहि पनि टुंगो भएको छैन।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित