सिन्धुपाल्चोकमा पहिरो : पहिरोमा परी नौ जनाको मृ*त्यु २२ अझै बेपत्ता

सिन्धुपाल्चोकमा पहिरो : पहिरोमा परी नौ जनाको मृ*त्यु २२ अझै बेपत्ता

Badigad Online
1 Min Read

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ भने हालसम्म पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ र २२ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले बताए। मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् । मृत्यु भएकाहरु मध्ये को कुन परिवारका हुन् भनेर चिन्न नसकिएको डीएसपी सापकोटाले बताए। बेपत्ता भएका २२ जनाको खोजि कार्य तिब्र रुपमा भैरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित