मुसिकोटमा सक्रंमितको सम्पर्कमा आएका ४६ जनाको स्वाव सकंलन !

मुसिकोटमा सक्रंमितको सम्पर्कमा आएका ४६ जनाको स्वाव सकंलन !

Badigad Online
1 Min Read

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकामा आज कोरोना सक्रंमण पुष्टी भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको पीसीआर परिक्षणका लागि स्वाव सकंलन गरिएको छ । मुसिकोट नगरपालिकाका वडा नं ५ स्थित एक स्थानीयलाई समुदायस्तरमा कोरोना सक्रंमण पुष्टी भएको थियो ।

त्यसलगत्तै नगरपालिकाले कन्ट्याक टे«सिङको आधारमा उनको सम्पर्कमा आएका वडा नं ५ भित्रका स्थानीय र सक्रमितको सम्पर्कमा आएका गरी ४६ जनाको स्वाव सकंलन गरी परिक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । सक्रंमितलाई अहिले होम आईसुलेसनमा राखिएको छ । सम्पर्कमा आएकाहरुलाई पनि पीसीआर रिपोर्ट नआउन्जेल क्वारेन्टाईनमै राखिएको उहाँले बताउनुभयो । स्थानीयलाई समुदायस्तरमा कोरोना सक्रंमण देखिएपछि अहिले वडा नं ५ लाई सील गरीएको वडाध्यक्ष भागिरथ खरेलले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित