फाईल फोटो
बागलुङ : अबिरल वर्षतका कारण आएको पहिरोले बागलुङमा आज विहान पाँच घर पुरिएका छन् भने एक जना वेपत्ता हुनुभएको छ । बागलुङ जिल्लाकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरा स्थित टुनीबोटमा पहिरोले पाँच घर पुरिएर पूर्ण रुपमा क्षति भएका छन् भने एक जना वृद्धा वेपत्ता हुनुभएको हो ।
घरमाथि पहिरो खस्दा ६१ वर्षिय हरिकृष्ण पौडेलको घर पुरिदा पौडेल वेपत्ता हुनुभएको छ भने अन्य परिवारका पाँच जना सकुसल रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो । यस्तै पहिरोले पवित्रा देबी शर्मा, इन्द्र शर्मा, रत्न बहादुर क्षत्रि र तारादेबि क्षतिको घरमा पूर्ण रुपमा क्षति पु¥याएको प्रहरीका भनाई रहेको छ ।
घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्दारको काम भइरहेको प्रहरीको भनाई रहेको छ । साभार आदर्श अनलाईन
Badigad Online