लामो समयदेखी बन्द रहेका मुसिकोटका विद्यालयहरु खुल्ने !

लामो समयदेखी बन्द रहेका मुसिकोटका विद्यालयहरु खुल्ने !

Badigad Online
2 Min Read

विष्णु प्रसाद आचार्य,गुल्मी । लामो समयदेखी बन्द रहेका मुसिकोटका विद्यालयहरु खुल्ने भएका छन । आइतबार मुसिकोट नगरपाकिामा बसेको नगर शिक्षा समितीको बैठकले विभिन्न चरणहरुमा असोज १ गतेदेखी विद्यालय खोल्ने निणर््ाय भएको मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख देविराम शर्माले जानकारी दिनुभयो ।

विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसको कारण गत चैत्र महिनादेखी देशभरका विद्यालयहरु बन्द रहेका छन । नेपाल सरकारले वैकल्पिक शिक्षा मार्फत पठनपाठन सुरु गर्ने बाटो खुला गरेकाृले मुसिकोट नगरपालिकाले पनि सिकाइ सहजिकरण गर्ने निर्णय गरेको शिक्षक महासंघ मुसिकोटकाका अध्यक्ष सुरेन्द्र नेपालीले बताउनुभयो ।

विद्यालय खोल्ने निर्णय भएनि पठनपाठन चाहिँ वैकल्पिक माध्यमवाट नेपाल सरकारको मापदण्डवमोजिम हुने नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । विद्यार्थीको वैकल्पिक साधनश्रोतको पहुचको आधारमा ५ भागमा विभाजन गरि सोको अवस्था र विधालय व्यवस्थापन समितिको सिफारिस तथा वैकल्पिक साधनको उपलव्धताको पहुचको आधारमा कुन विधिद्धारा पठन पाठन गर्ने भन्ने निक्र्यौल हुने उहाँको भनाई छ । विद्यार्थीको उपलब्धता र सहजताका हिसाबले उपयुक्त विधिको छनौट गरी पठन पाठन गर्ने निर्णय भएको अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

विद्यालय खुलाउने प्रक्रिया अनुरुप असोज १ गतेदृखी ३ गतेसम्म विद्यालय सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्ला बाहिर रहेका सम्पुर्ण शिक्षकहरु पनि विद्यालयमा हाजिर भएर १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । असोज ५ गते वि व्य समितीको बैठक बोलाइ पठनपाठनको बैठक सञ्चालन गर्ने निर्णय भएको छ । त्यस्तै असोज ७ गते टोलटोलबाट प्रतिनिधित्व हुने गरी अभिभावक तथा सर्वपक्षिय बैठक गर्ने र आवश्यकता अनुसार शिक्षक स्टाफ बैठक बस्ने समेत निर्णय भएको छ ।

त्यस्तै असोज १२ गतेसम्म रेडियो,एफएम, टेलिभिजन, इन्टरनेट,कम्प्युटर तथा सुचना प्रविधी आदिको पहुँचमा भएका वा नभएका विद्यार्थीको तथ्यांक शिक्षा शाखामा पेश गर्नका लागि विद्यालयहरुलाइ सुचना गरिएको शर्माले बताउनुभयो । असोज १६ गतेदेखी स्वास्थ्यका मापदण्ड प्रयोग गरी वि व्य स को निर्णयअनुसार बाल कक्षा १ देखी ५ सम्म सञ्चालन गर्ने भनिएको छ । कक्षा ६ देखी १२ सम्म भने सिकाइ सहजीकरण कार्यविधी अनुसार सञ्चालन गर्ने लगाएतका निर्णय भएको बताइएको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित