नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एक आपसमा ठोकीए

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एक आपसमा ठोकीए

Badigad Online
1 Min Read

विपरीत दिशा बाट आइरहेका २ ट्रक एकापसमा ठोकिएका छन्। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा इच्छाकामना गाउँपालिका वडा नं. ५ को खहरे पुल नजिक ना ६ ख २४२३ र ना ४ ख ८०११ नम्बरका ट्रक एक आपसमा ठोकिएका हुन्। ट्रक ठोकिदा दुवै ट्रकका चालकसहित ट्रकमा सवार ४ जना घाइते भएका छन् भने एक जनाको अवस्ता गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । यस्तै ट्रक दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पनि अबरुद्ध भएको र सडक खोल्ने काम भैरहेको बताईएको छ। घाइते सबैलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित