फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडीको शीर्ष स्थानमा पर्न सफल भएका छन्। मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गर्दै उनको कुल वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ। यस्तै युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन्। यो संगै रोनाल्डो सर्बाधिक कमाउने खेलाडीको दोश्रो स्थानमा छन्।
फोर्ब्सका अनुसार क्रिस्टियानो रोनाल्डोभन्दा मेसीले ९ मिलियन बढी कमाएका छन्। सर्बाधिक कमाउने खेलाडीको तेश्रो र चौथो स्थानमा नेमार र किलिएन एमबाप्पे रहेका छन् जसले बर्षको कमाइ क्रमस ९६ मिलयन डलर र ४२ मिलयन डलर रहेको छ।
यी हुन् सर्वाधिक कमाइ गर्ने बाकी खेलाडी
५) मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
६) पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
७) एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
८) गारेथ बेल- २९ मिलियन अमेरिकी डलर
९) रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर
१०) डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर