म्याग्दी- धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा गत असार २५ र २६ गते गएको पहिरोमा परि २३ जनाले ज्यान गुमाएका थिए। यीनै मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको राहात सोरुप ३५ लाख रुपैयाँ सोमबार वितरण गरिएको र मराङको राम्चेका चारजना मृतकका हकदार विदेशमा भएकाले उनीहरुलाई पछि नै राहत दिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । बिमको तल्लो गाउँका वीरबहादुर नेपालीसहित परिवारका चारैजनाको मृत्यु भएका कारण हकदार नभएकाले राहत वितरण नभएको हो।
प्रमुख जिल्ला अधिकारी उमाकान्त भन्नु हुन्छ ‘सरकारको पछिल्लो नियम अनुसार एउटा परिवारका एक जना सदस्यको मृत्यु भएमा दुई लाख र एक भन्दा बढीको एक लाख बढाएर एउटा परिवारलाई पाँच लाखसम्म राहत वितरण गरेका छौं ।’ यो भन्दा अगाडी प्रति मृतक एक लाख रुपैयाँका दरले राहत पाउने व्यवस्था थियो । राहत स्वरूप नगद नै वितरण गरिएको हुनाले राहत कार्यक्रम स्थलमै प्रभु बैंक र गरिमा बैंकको दरवाङ शाखाका कर्मचारीहरुलाई बोलाएर पिडितहरुलाई खाता खोल्न लगाई उक्त राहत रकम जम्मा गरिएको थियो ।