कुलमानको पुन नियुक्तिमा किन चासो देखाउदैनन प्रधानमन्त्री ? यस्तो छ कारण

कुलमानको पुन नियुक्तिमा किन चासो देखाउदैनन प्रधानमन्त्री ? यस्तो छ कारण

Badigad Online
1 Min Read

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन्। ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । कुलमानले आफ्नो कार्यकालमा नेपाललाई लोड्सेडीङ्ग मुक्त बनाएपछि उनि जनताहरु माझ निकै लोकप्रिय बनेका हुन। यस्तै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मन्त्रीले लागेको प्रस्ताब सुन्ने नमानेको कुरा आएको छ।

उर्जा मन्त्रालयले प्रधानमन्त्रीसमक्ष कुलामानालाई पुन नियुक्त गर्न प्रस्ताब गरेपनि सोमबार बसेको क्याबिनेटमा यो बिषयको कुरा नै नभएको एक मन्त्रीले बताएका छन्। बैठक सकिनै लाग्दा उर्जामन्त्री वर्षमान पुनले ‘मेरो पनि एउटा प्रस्ताव थियो नि प्रधानमन्त्रीज्यू भनेको तर प्रधानमन्त्रीज्यूले कानूनअनुसार बुझौंला भनेपछि यो बिषयमा केहि कुरा नभएको बताईएको छ। बिशेष सुत्रका अनुसार प्रधानमन्त्रिले भने कुलमानलाई फेरी निउक्ति दिन चासो नदेखाउनु भएको र उहाले आफ्नै सालोलाई निउक्ति गर्ने तयारी गरिरहनु भएको बताईएको छ। जनताहरुले भने कुलमानलाई नै निउक्ति गर्न विभिन्न माध्यम बाट सरकारलाई दबाब दिरहेका छन्। अब सरकारले कसलाई निउक्ति गर्ने हो त्यो भने हेर्न बाकी नै छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित