बुधबार बिहान ५ बजेर १९ मिनेट जादा ६ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भुकम्प गएपनि यो समाचार तयार पार्दासम्म कुनै क्ष्यतिको बिबरण नआएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए। यस्तै सिन्धुपाल्चोकमा भूकम्पले गर्दा पहिरोको जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन गरेको बताएका छन्।
स्थानिय भने भूकम्पको त्रासले पानीमा रुझ्दै घर बाहिर बसेका छन्। ५ रेक्टर स्केलका साना कम्पनहरु यो भन्दा अगाडी गैरहे पनि ६ रेक्टरको कम्पन भने अलि लामो समयपछि गएको बताईएको छ। भूकम्पले राम्ररिनै हालैको थियो।
Badigad Online