बागलुङ : आज विहानको भूकम्पको धक्काले बागलुङमा एक घर भत्किएको छ । बुधबार विहान पखगएको भुकम्पको धक्काले बागलुङ नगरपालिका–६ का ६९ बर्षिय दुर्गाबहादुर सुवेदीको घर भत्किएको हो ।
घर बस्नै नमिल्दे गरी क्षतिभएको वडा नम्बर–६ का वडा सचिवरुद्रबहादुर केसीले जानकारी दिनुभयो । सुवेदीको ढुङ्गगा माटोले बनेको दुई तले टिनको छानो भएको कच्ची घरको दक्षिण तर्फको गारो भत्किएको छ । परिवारलाई छिमेकीको घरमा तत्काल बसोबासको व्यावस्थापन गरिएको छ । घरका माथिल्लो तलामा मान्छे बस्ने र तल्लो तलामापशु चौपया राख्ने गरिएको थियो ।
घर भत्किदा मानवीय तथा पशु चौपयामाभने कुनै क्षति नभएको जिल्लाप्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार विहान ६।० रेक्टर रेक्टर स्केलको गोरखा भूकम्पको पराकम्प गएको थियो । गोरखापत्र अनलाइन
Badigad Online