असोज १ गते देखि लामो दुरीका सवारी साधन संचालन हुने भएका छन्। मन्त्रिपरिषद्को निर्णय पछि बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने भनेर जानकारी दिएका हुन्। सरकारले कोभिड-१९को कारण ५० प्रतिशतसम्म भाडा बढाउन यातायात व्यवसायीलाई अनुमति दिइसकेको छ भने गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने, साथै यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने र गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने नियम बनाइएको छ। कोरोनाका कारण गत चैत देखि ठप्प भएका लामो दुरीका सवारीसाधन संचालनमा आउन लागेका हुन्।
यस्तो छ बैठकपछि जारी गरिएको विज्ञप्ति
Badigad Online