सुमित्रा कंडेल : पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर एक वाकामलाङ भोटाहाघाटमा नदिजन्य पदार्थ उत्खननका विषयमा आज पुनः अनुगमन भएको छ । एकसाता अगाडी केहि संचारमाध्याममा नदिजन्य पदार्थ निकासामा भएको लापर्बाहीको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, जिल्ला समन्वय समिती पाल्पाका कार्यबहाक संयोजक मिरा मरासिनी, प्रदेशनम्बर ५ प्रदेशसभा सदस्यद्धय नारायणप्रसाद आचार्य, युवराज खनाल, जिल्ला सुरक्षा निकाय, जनप्रतिनिधी, लगायतको टोली अनुगमनका लागी काली नदि किनार वाकामलाङ भोटाहाघाट पुगेको छ । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले अनुगमनमा पुगेको प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई टेन्डर प्रक्रिया र ढुङगा गिट्टी निकासा सन्दर्भमा जानकारी दिनुभयो ।
अनुगमनका क्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले मापदण्ड बिपरित नै नदि दोहन भएको देखिएको तर ढुङ गिट्टीनिकासीमा संलग्न सरोकारवाला तथा गाउँपालिकाबाट यथार्थ जानकारी लिएर थप अगाडी बढेको बताउनुभयो । धमाधम डोजर प्रयोग गरेर ढुङ गिट्टि निकालेर ट्रिपरमार्फत ओसारेपछि नदिको पानीले खोल्दै धार परिवर्तन गरेर खेतियोग्य जग्गा बिगार्छ की भन्ने स्थानिय नागरिकलाई चिन्ता छ ।
३ हजार घनमिटर नदिजन्य पदार्थ निकासीका लागी स्वीकृत दिएको तर २० हजार घनमिटर उत्खनन भएको अहिले स्थलगत अनुगमनका क्रममा जानकारी भएको तर यसको थप अनुगमन गर्दा बढि उत्खनन भएको देखिए ,कागजपत्र हेरेर मुचुल्का उठाएपछि थप कारबाही पक्रिया अगाडी बढाउने विषयमा छलफल गरिने जिल्ला समन्वय समितीका कार्यबहाक संयोजक मिरा मरासिनीले जानकारी दिनुभयो ।
निस्दी गाउँपालिकाले टेण्डर आव्हान गरि रिपोर्ट अनुसार मात्रै नदिजन्य पदार्थ निकासी हुनुपर्नेमा वडाकार्यालयलाई निगरानीको जिम्मेवारी दिएपनि त्यसो हुन नसकेको गाउँपालिकाले जनाएको छ ।
२०७६ साल कार्तिक महिना देखि २०७७ असार मसान्तसम्म लागू हुने गरि निस्दी गाउँपालिकाले कालीनदिको निस्दी एक बाकामलाङ्भोटाहाघाटको ढुङ गिटि उत्खनन तथा विक्रि वितरण गर्ने ठेक्कामा लगाएको थियो । नदिकिनारमा २० हजार ६ सय घनमिटर नदिजन्य पदार्थ थुपारिएको अनुमान गरिएको छ । भोटाहाघाटमा पुगेर अनुगमन गर्दा टोलीले नदिमै स्काभेटर र डोजर प्रयोग गरी ढुङ गिटि निकासी हुदाँ नदिको धार परिवर्तन हुने, बस्ती तथा खेतियोग्य जमिन कटान गर्ने , तथा यसरी मनलाग्दी तरिकाले नदिजन्य पदार्थ दोहन गर्नु कानुन विपरित भएको टोलीको निश्कर्ष छ ।