गुल्मीमै कोरोना परिक्षणका लागि तैयारी पूरा : प्रयोगशालाको आज परराष्ट्रमन्त्रीले उद्घाटन गर्ने !

गुल्मीमै कोरोना परिक्षणका लागि तैयारी पूरा : प्रयोगशालाको आज परराष्ट्रमन्त्रीले उद्घाटन गर्ने !

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । गुल्मीमा कोरोना भाइरस परिक्षणका लागि नयाँ मेसिन आएसगैं आज बिहिवार परराष्ट्रमन्त्रीले पीसीआर ल्यावको उद्घाटन गर्नुहुने भएको छ । एकपटकमा ९४ नमुना परिक्षण गर्न सकिने नयाँ मेसिनमा आवश्यक उपकरण जडानसगैं गुल्मी आएपछि आज देखिनै गुल्मीमै कोरोना परिक्षण सुरु हुने भएको छ ।

यस अगाडी जिल्लामा आएको मेसिनमा आवश्यक उपकरण जडानका लागि भनेर काठमाण्डौ लगिएपनि सम्भव नभएपछि नयाँ मेसिन ल्याईएको हो । पीसीआर ल्याव सञ्चालनका लागि तम्घासमा तत्कालिन महिला तथा बालबालिका कार्यालयले निर्माण गरेको खाली भवनमा ल्याव सहितको संरचना तयार पारिएको छ । उक्त ल्याव सञ्चालनका लागि गुल्मीका १२ वटै स्थानीय तहले सहयोग गर्ने र रेसुङ्गा नगरपालिकाले समन्वय गर्ने सहमति भएको छ ।

यसअघि गुल्मीका स्थानीय तहले आफै रकम जुटाएर पीसीआर ल्याव सञ्चालन गर्ने तयारी गरेका थिए । तर मन्त्री मन्त्री ज्ञवालीले पीसीआर मेसिन निःशुल्क रुपमा ल्याइएपछि ल्यावका लागि आवस्यक अन्य उपकरणहरु खरिद र जनशक्तिको व्यवस्था १२ स्थानीय तहले गर्ने सहमति भएको छ ।

सबै उपकरण जडान भईसकेकाले परराष्ट्रमन्त्रीले मेसिनको उद्घाटन गरेसगैं पीसीआर परिक्षण गुल्मीबाटै औपचारिक सुरु हुने स्वकीय सचिव नेपालीले बताउनुभयो ।
ल्यावका लागि कम्तिमा १० जना जनशक्ति आवस्यक पर्ने भएकोले त्यसको तयारी भैरहेको नगरपालिकाले बताएको छ । जिल्ला अस्पताल गुल्मीमा दरबन्दी रहेपनि भैरहवा काजमा रहेका एकजना प्राविधिकलाई गुल्मी लैजान पहल भैरहको र अन्यलाई पनि तालिम दिएर मेसिन सञ्चालनको तैयारी गरिएको उहाँको भनाई छ

गतसाता परिक्षणको क्रममा समस्या देखिएर काठमाडौं ल्याइएको उक्त मेसिन फिर्ता गरेको भनेर हल्ला चलाइएको थियो । ल्यावको परराष्ट्रमन्त्री ज्ञवालीले असौज १ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कोरोना भाइरसको महामारीको त्रास रहेको बेला जिल्लामै स्वाव परिक्षण हुने आशामा रहेका गुल्मेली जनता गलत हल्हलाका कारण निराश भएका थिए । तर नयाँ मेसिन आएसगैं उक्त निराश आशामा परिणत हुने विश्वास गर्न सकिन्छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित