डा. मल्ल र स्वास्थ्य कर्मिको योजना सफल बन्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा थप हुँदै !

डा. मल्ल र स्वास्थ्य कर्मिको योजना सफल बन्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा थप हुँदै !

Badigad Online
3 Min Read

छविलाल पाण्डे,बाग्लुङ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड १९ अस्थाई अस्पत्ताल,आँखा उपचार सेवा केन्द्र, दन्त उपचार सेवा तथा २४ घण्टे ल्याव तथा एक्सरे सेवाहरुको उद्घाटन गरीएको छ । प्राथमिक स्वास्थ्य केन्द्र रहेपनी विभिन्न सेवा सुविधा प्राप्त हुँदै आएको उक्त स्वास्थ्य केन्द्रमा आजदेखि थप सेवा विस्तार गरीएको हो ।

जनताको माग र बढि खर्च गरेर विभिन्न शहरमा उपचारको लागि जानुपर्ने वाध्यता अव बुर्तिबाङबाटै सेवा प्रवाह हुनेभएपछि सहजता हुने भएको नागरीकको बुझाई छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा हुँदै आएको सेवा सुविद्या बाहेक थप सुविद्या २४ घण्टे इमेरजेन्सी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, पोस्टमार्टम सेवा, अप्रेशन सेवा, सञ्चालन हुँदैमा आजदेखि अन्य सेवा समेत थप हुँदा स्थानिय नागरीक खुसि भएका छन् ।

बुर्तिबाङ्ग प्राथमिक स्वास्थय केन्द्रका प्रमुख डा. मिलन मल्ल र स्वास्थ्य कर्मिको सक्रियतामा ल्याइएको योजनालाई ढोरपाटन नगरपालिकाको सहयोग र अन्य सँघसँस्थाको समेत सहकार्य रहेपछि डा. मल्ल र स्वास्थय कर्मिको यो्जना तथा स्थानिय जनताको धेरै रकम खर्चियर बाहिरका अस्पत्तालमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुँदै गएको हो ।

माननिय साँसद देवेन्द्र पौडेलले उक्त सेवाको उद्घाटन गर्दे दुर्गम क्षेत्रका जनताले समेत अव थप विभिन्न सेवा सुविधा सरकारी अस्पत्तालबाट प्राप्त गर्ने बताउँदै यस्तो रचनात्मक र जनताको आवस्कतालाई मध्यनजर राख्दै सेवा सुभारम्भ गराउन तदारुकता देखिएकोमा ढोरपाटन नगरपालिका तथा स्वास्थ्य कर्मिको टिमलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

हाल आइसोलेशन कक्ष निर्माण गरी कोभिड १९ का सँक्रमितलाई उपचार गर्दे आइरहेको उक्त स्वास्थ्य सँस्थालाई सरकारले काभिड १९ अस्थाई अस्पत्तालको रुपमा अगाडी बढाएको छ । त्यसैगरी दन्त रोगिहरुको समेत आरसिडी, दाँत टल्क्याउने, दाँतमा किरा लागेको सफा गर्ने, नक्कली दाँत बनाउने सेवा अब बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाटै हुने जनाइएको छ ।

आँखाका रोगिहरुका लागि ९० प्रतिशत सम्म आँखाको जाँच चस्मा तयार गरीने, सामान्य किसीमको माइनर अप्रशेन समेत हुने जनाइएको छ । आँखा अस्पत्तालको सामान हिमालय आँखा अस्पत्तालले उपलब्ध गराएको छ । भिडियो एक्सरे र २४ घण्टे ल्याब सेवाको समेत सेवा सुभारम्भ भएको हो । आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका १ का अध्यक्ष एवम स्वास्थय सँस्था व्यवस्थापन समिती अध्यक्ष चित्रबहादुर भण्डारीको अध्यक्षता, ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको विशिष्ठ आतिथ्यता एवम हिमालय आँखा अस्पत्ताल पोखराका प्रतिनिधि इन्द्रमान महर्जनको विशेष उपश्थिती रहेको थियो ।

कार्यक्रम फेयर मेड फाउन्डेशनका बुर्तिबाङ शाखा प्रमुख गणेश बरुवालले सञ्चालन गर्नुभएको थियो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जनताको आवस्यकता अनुसार अगाडी बढाउन डा. मिलन मल्ल सहित त्यहाँका स्वास्थ्य कर्मिको महत्वपूर्ण हात रहेको छ । थप गरीएका सेवा सुविद्या सहित चाँडै राज्यको ध्यान जिल्ला अस्पत्ताल बनाई थप सेवा सुविद्या सुविधा थप होस हाम्रो कामना ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित