मनोज कार्की , गुल्मी । पछिल्लो समय बजारमा बडा दशैँका नाममा बिभिन्न किसिमका गित संगित बजारमा दिन प्रतिदिन सार्वाजानिक भईरहेका छन् । कति गितले गित संगित प्रेमीको मन छोईरहेको छ त कति गित संगित परिवार र आफन्त संग बसेर हेर्ने लायक छैैनन् ।
गित संगितको यति ठुलो भिडमा पनि गुल्मीको पौदि अमराईमा जन्मिएका हास्य कलाकार , मोडल तथा गायक उज्जल गिरीको दुःखिको दशैँ बजारमा सार्वाजानिक भएको छ । गित संगितको नाममा केहि गितले समाजमा नकारात्मक सन्देश दिईरहेको बेला आफु समाजमा दिनप्रतिदिन घटेका यर्थात् घटनालाई चित्रण गरि दशैँको गित बजार पठाएको गायक उज्वल गिरीले बताए ।
म.म खान जान नामक लोकदाहोरी गितबाट चर्चा बटुलेक गिरीले पछिल्लो समय समाज परिवर्तन तथा सकारात्मक सन्देश प्रवाह गर्ने खालका गित संगितहरु बजारमा ल्याईरहेका छन् । बुधबार सार्वाजानिक भएको गितमा दुःखीको दशैँ नामक गितमा उज्वल गिरी र ६ बर्षिय गायिका निष्मा पोखरेलले आबाज दिएका छन् । यस गितको भिडियोमा र्दजनौँ गितमा अभिनय गरेका मोडल रामु अर्याल र सुमि घर्तिले अभिनय गरेका छन् भने लय शब्द मदन पोखरेलको रहेको छ ।
यस गितमा छोरा बिदेशमा भएको बेला सासु ससुराले नातिनी र बुहारीलाई गर्ने ब्याबहारको चित्रण गर्दै त्यस्ता बिकृती बिसंगतीको अन्त्य गर्ने मदत पुग्ने मोडल रामु अर्यालले बताए । धर्ति को जुनकिरी, बिद्रोह , अधुरो प्रेम काहानी लगाएतका र्दजनौ गितमा अभिनय गरेका अर्यालले यो गित निकै मार्किक रहेको हुदाँ गित सुनिर भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । बजारमा सार्वाजानिक दुःखिको दशैँका गायक गिरीको आफ्नै युटुव च्यानलमा उपलब्ध छ ।
Badigad Online