सागर भण्डारी,गुल्मी । केही समय अगाडी सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आएर राष्ट्रिय चर्चाको विषय बनेका गुल्मीका पत्रकार मोहन बस्नेत राष्ट्रिय मानपदवीबाट विभुषित हुनुहुनेभएको छ । सविंधान दिवसको अवसरमा उहाँ सम्मानित हुन लाग्नुभएको हो ।
जनसेवा श्री (पञ्चम) जस्तो राष्ट्रिय मानपदवीबाट बस्नेत सम्मानित हुन लाग्नुभएको हो । सविंधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पत्रकार बस्नेत सम्मानित हुनुहुने भएको हो । कृषि पत्रकारिता मार्फत गाउँगाउँमा लुकेर रहेका कृषकह?को रिपोर्टिङ गरि उत्कृष्ट कार्य गरेको भन्दै उहाँको कार्यदक्षताका आधारमा पुरस्कृत गर्न लागिएको हो ।
कृषि क्षेत्रको रिपोर्टिङ गरेको भन्दै उहाँलाई केही समय अगाडी प्रधानमन्त्री ओलीले आफै फोन गरेर बधाई एवम् धन्यवाद दिनुभएको थियो । नेपाल आर्मीको जागिर छाडेर करिब ९३ लाखको घडेरी बेचेर बहुमूल्य जडिबुटी लगाएका गुल्मीका ३५ वर्षीय दीलिप भण्डारीको रिपोर्ट बस्नेतले नेपाल अपडेट युट्युब च्यानलमा राख्नुभएको थियो । उक्त रिपोर्ट हेरेर प्रधानमन्त्रीले बस्नेतलाई फोन गर्नुभएको हो ।