बि स २०७२ सालको भूकम्पले काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरीमा क्षति पुर्याएको थियो। त्यस यता रानीपोखरीमा पानि थिएन भने पुन निर्माणमा थियो। तर अहिले भने पुन निर्माणको अन्तिम चरणमा पुगेको छ र रानी पोखरीमा ५ वर्षपछि खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले पानी भरेको हो। २०७२ सालको भूकम्पले उजाड बनाएको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी अहिले भने निकै सुन्दर र मनमोहक देखिएको छ।
रानीपोखरीमा २ दिन लगाएर ३ करोड लिटर पानी भरिएको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले बताए। रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । यस्तै आउदो भाई टिका देखि रानीपोखरी सर्बसाधारणका लागि खुल्ला गरिने बताईएको छ।
Badigad Online