आफ्नो समर्थनमा सडकमा उत्रिएका जनतालाई कुलमानको यस्तो अनुरोध

आफ्नो समर्थनमा सडकमा उत्रिएका जनतालाई कुलमानको यस्तो अनुरोध

Badigad Online
1 Min Read

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन भन्दै शनिबार बिज्ञप्ति जारी गरेका छन्। उनले उक्त बिज्ञप्तिमा लेखछन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ साथै विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुनेछ ।’ सरकारले दिएको जिम्मेवारी आफुले सफलतापूर्वक सम्पन्न गरेको र नेतृत्वको निरन्तरता / परिवर्तन नियमित एवं स्वभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने उनको भनाई छ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो ४ बर्षे कार्याकाल सक्काएर विधा भएका हुन्। उनले आफ्नो कार्यकालमा नेपाललाई लोड्सेडिङ्ग मुक्त मात्र गराएनन घाटामा रहेको संस्थालाई फाइदामा पनि लगिदिए। यसै कारण जनाता माझ लोकप्रिय भएका कुलमानलाई फेरी पनि प्राधिकरणको निर्देशक बनाउनु पर्ने माग गर्दै कोरोना महामारीका बिच पनि जनताहरुले केहि दिन देखि देशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन्। यसरी सडकमा उत्रिएका जनतालाई प्रहरीले लाठी चार्ज गर्दै दमन गरिरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित