अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने ४० वर्षीय गणेश सुनारलाई सोही वडामा बस्ने ९ वर्षीय बालक हिमाल विकको ह*त्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मृतक बालकको मुख र टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय साँफे बगरका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टले बताए। बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ भने बिकले उक्त बालकको ह*त्या किन गरे भन्ने अहिले सम्म नखुलेको बताइएको छ। अभियुक्तलाई नियन्त्रणमा लिएर धमाधम अनुसन्धान भैरहेको प्रमुख प्रहरी निरीक्षक भट्टले बताएका छन्।
Badigad Online